दार्जीलिङ विधानसभा क्षेत्रका विधायक एवं गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका पूर्व सेक्रेटरी जनरल निरज तामाङ जिम्बाले भारत सरकारको गृह मन्त्रालयबाट प्राप्त आधिकारिक पत्रप्रति गहिरो सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन्। उक्त पत्र भारतका केन्द्रीय गृहमन्त्री तथा सहकार मन्त्रालयका मन्त्री अमित शाहद्वारा व्यक्तिगत रूपमा अनुमोदित र स्वीकृत गरिएको हो। विधायक निरज जिम्बा द्वारा २०२५ सेप्टेम्बर २३ मा पत्राचार गरेका थिए ,जसमा उनले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा लाई भारत निर्वाचन आयोग द्वारा (ECI) राजनैतिक दलहरूको सूचीबाट हटाइएको बिषयबारे जानकारी गराएका थिए। विधायक जिम्बाले गृहमन्त्रीद्वारा यस विषयप्रति व्यक्तिगतरुपमा ध्यानाकर्षण दिएकोमा हार्दिक आभार व्यक्त गर्दै भने, गृह मन्त्रालयको संवेदनशीलता र गृहमन्त्रीको अटल प्रतिबद्धताको स्पष्ट प्रमाण हो ,जसले हाम्रो राष्ट्रका हरेक समुदाय, विशेष गरी भारतीय गोर्खा समुदायका लोकतान्त्रिक अधिकार र संवैधानिक चासोप्रति उहाँको दृढ निष्ठा झल्काउँछ।











