भाजपा सिक्किम व्यापार तथा वाणिज्य सेलद्वारा राज्य अध्यक्ष डा. टीआर थापा र भाजपा राज्य प्रमुख सल्लाहकार छितेन टाशी भुटियासँग सम्मान भेटघाट गरेको थियो। उनीहरूले पूजाको लागि प्रसाद चढाएपछि संगठनको लागि र सिक्किमको विकासको काम गर्न आशीर्वाद मागे। भेटघाटको क्रममा, उनले संगठनलाई अझ गतिशील बनाउन विचार र धारणा साटासाट गरे र सिक्किममा वर्तमान राजनीतिक परिदृश्यको बारेमा छलफल गरेका थिए।











