सम्पदा संरक्षण र पर्यटन विकासको मागमा पर्यटन मन्त्रीसँग भेट

Share this news

दार्जीलिङ,18 जुलाई(निसं):  भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला सांगठनिक सचिव तथा बिजनबारी क्षेत्रका वरिष्ठ नेता गोपाल बुढाथोकीले बिजनबारी क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय सम्पदाको संरक्षण र विकासको माग गर्दै बिहीबार पश्चिम बंगालका पर्यटनमन्त्री शंकर घोषसँग भेटवार्ता गरेका छन्।
जिल्ला भाजपा अध्यक्षको निर्देशनमा सिलिगढी पुगेका बुढाथोकीले पर्यटनमन्त्रीसँग औपचारिक भेट गर्ने कार्यक्रम रहेपनि मन्त्रीको व्यस्तताका कारण अनौपचारिक रूपमा छलफल भएको बताए। भेटका क्रमममा दार्जीलिङ  पहाडको पर्यटन विकासका विविध पक्षबारे विस्तृत चर्चा भएको उनले जानकारी दिए।
बुढाथोकीले राज्यकै सबैभन्दा ठूलो खण्ड मानिने दार्जीलिङ-पुलबजार खण्ड क्षेत्रमा रहेका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। उनले सिङ्गलिला राष्ट्रिय निकुञ्जअन्तर्गत सन्दकफु,फालुट क्षेत्र, गरसिङेको हात्तीबाँध्ने ढुंगा, जामुने, मेगिटार, होमडाँडा, आलेटार लगायतका पर्यटकीय सम्भावना बोकेका स्थानहरूको विकासका लागि ज्ञापनपत्र समेत पर्यटनमन्त्रीलाई बुझाएका छन्।
उनले ती क्षेत्रहरूको योजनाबद्ध विकास गर्न सके पर्यटन उद्योगलाई टेवा पुग्नुका साथै स्थानीय युवाहरूका लागि रोजगारीका नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरे। साथै, बुढाथोकीले पर्यटनमन्त्री घोषलाई बिजनबारी क्षेत्रको स्थलगत भ्रमणका लागि औपचारिक निम्तो पनि दिएका छन्।
भेटवार्ताका क्रममा पर्यटनमन्त्री शंकर घोषले उठाइएका विषयलाई गम्भीरतापूर्वक सुनेको र राज्य सरकारबाट सम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनले उत्तर बंगाल तथा दार्जीलिङ पहाडी क्षेत्र राज्य सरकारको पर्यटन विकासको प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा ग्रामीण पर्यटकीय क्षेत्रहरूले नयाँ स्वरूप प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, वर्षायाम समाप्त भएपछि बिजनबारी क्षेत्रको स्थलगत अवलोकन गर्ने आश्वासन पनि दिएको बुढाथोकीले बताए।
उल्लेखनीय छ, गोपाल बुढाथोकीलाई पर्यटकीय क्षेत्रको सुन्दरीकरण र विकासमा लामो अनुभव रहेको छ। उनले दार्जीलिङ पहाडका विभिन्न स्थानसँगै छिमेकी राज्य सिक्किमका विभिन्न पर्यटकीय स्थलहरूको सुन्दरीकरणमा समेत योगदान पुर्‍याइसकेका छन्। उनको अनुभव र योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके बिजनबारी क्षेत्रको पर्यटन विकाससँगै स्थानीय स्तरमा दिगो रोजगारी सिर्जना हुने अपेक्षा गरिएकोछ।

Share this news
आजको रोजाइ
केन्द्रीय गृहमन्त्री शाहलाई मुख्यमन्त्रीको साथमा विष्टद्वारा स्वागत: क्षेत्रको विकास र सुरक्षामा नयाँ ऊर्जा

केन्द्रीय गृहमन्त्री शाहलाई मुख्यमन्त्रीको साथमा विष्टद्वारा स्वागत: क्षेत्रको विकास र सुरक्षामा नयाँ ऊर्जा

प्रगतिशील कृषकहरू अलैंचीको खेतीतिर

प्रगतिशील कृषकहरू अलैंचीको खेतीतिर

अतिरिक्त अनेरियम वृद्धि गरेकोमा सरकारप्रती कृतज्ञता 

अतिरिक्त अनेरियम वृद्धि गरेकोमा सरकारप्रती कृतज्ञता 

स्काइरूट एयरोस्पेसद्वारा भारतको पहिलो निजी रकेट ‘विक्रम-१’ को सफल प्रक्षेपण

स्काइरूट एयरोस्पेसद्वारा भारतको पहिलो निजी रकेट ‘विक्रम-१’ को सफल प्रक्षेपण

रुखलाई प्रेम अनि बिरुवा रोपन अरण्य सप्ताह विभिन्न क्षेत्रमा

रुखलाई प्रेम अनि बिरुवा रोपन अरण्य सप्ताह विभिन्न क्षेत्रमा

पेदोङ–रेसी सडकमा भीषण पहिरो, राष्ट्रिय राजमार्ग ७१७ए पूर्ण रूपमा अवरुद्ध

पेदोङ–रेसी सडकमा भीषण पहिरो, राष्ट्रिय राजमार्ग ७१७ए पूर्ण रूपमा अवरुद्ध

दिगो साहसिक पर्यटनलाई अगाडि बढाउन बाकुचेन-ताम्जे ट्रेकिङ ट्रेलको स्थलगत निरीक्षण सम्पन्न

दिगो साहसिक पर्यटनलाई अगाडि बढाउन बाकुचेन-ताम्जे ट्रेकिङ ट्रेलको स्थलगत निरीक्षण सम्पन्न

सड़कमै खेल्न बाध्य फूलबारी होपटाउनका युवाहरू: खेलमैदान नहुँदा प्रतिभाहरू ओझेलमा

सड़कमै खेल्न बाध्य फूलबारी होपटाउनका युवाहरू: खेलमैदान नहुँदा प्रतिभाहरू ओझेलमा

रोहित शर्माले इङ्ग्ल्यान्डविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्न सक्ने सम्भावना

रोहित शर्माले इङ्ग्ल्यान्डविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्न सक्ने सम्भावना

सुधीर अनि पुष्पको पहिलो टुडी नेपाली भजन 24 जुलाईमा सार्वजनिक

सुधीर अनि पुष्पको पहिलो टुडी नेपाली भजन 24 जुलाईमा सार्वजनिक

आजको रोजाइ