रुखलाई प्रेम अनि बिरुवा रोपन अरण्य सप्ताह विभिन्न क्षेत्रमा

Share this news

दार्जीलिङ, 18 जुलाई(निसं):अरण्य साप्ताह पालन भईरहेको छ् भने उक्त अरण्य साप्ताहको अवसरमा विभिन्न कार्यक्रमसंँगै वृक्षरोपण कार्यक्रमहरु पनि भईरहेकोछ। यसरी नै दार्जीलिङ डिभिजन वन विभाग अधीनस्थ तक्दाह रेञ्ज अफिसर रचना प्रधानको उपस्थितिमा अरण्य साप्ताह पालन गरिरहेको जनाइएको छ् ।
गत 14 जुलाई देखि शुरु गरिएको उक्त अरण्य साप्तह आगामी 20 जुलाई सम्म चल्ने रेञ्ज अफिसरले जनाउदै अहिले आ-आफ्नो रेञ्ज अधिनस्थ क्षेत्रहरुमा उक्त अरण्य साप्ताह पालन भईरहेको बताइन्। अरण्य साप्ताह पालन गरिनुको तात्पर्य बारे जनाउदै रेञ्ज अफिसर प्रधानले भनिन् , अरण्य साप्तह पालन गर्नुको तात्पर्य आफ्नो क्षेत्रलाई हरियाली अनि स्वच्छ परिवेश कायम राख्नु अनि प्लास्टिक मुक्त बनाउनु यसको मुख्य उदेश्य हो । रेञ्ज अफिसर प्रधानले अझ भनिन् , गत 14 जुलाईको दिन दार्जीलिङ भानुभवनमा विधिवत् रुपमा शुरु गरिएको उक्त अरण्य साप्ताहको कार्यक्रम तक्दाह खण्ड कार्यलय हुँदै लामाहट्टा विद्यालय अनि आज लामाहट्टा भिलेज इको टुरिजम पार्क क्षेत्रमा पालन गरिएको हो भनिन्। उक्त अवसरमा विद्यार्थीहरुको पनि सहभागिता रहेको थप जनाइएकोछ।
रिम्बिक: रिम्बिक रेञ्ज अफिस तथा सिंगालिला नर्थ रेञ्ज संयुक्त आयोजनामा अरण्य सप्ताह-2026 कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। वन संरक्षण, परिवार सन्तुलन र हरियाली वृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विभिन्न सामाजिक एवं धार्मिक संस्थाहरूको सहभागिता रहेको थियो।रिम्बिक सार्वजनिक खेल मैदानबाट सुरु भएको जनचेतनामूलक र्‍याली रिम्बिक बजार परिसर हुँदै नोट्रेडेम एकेडेमी(एनडीए) पुगेर सम्पन्न भयो। सहभागीहरूले वन संरक्षण, परिवार जोगाऔँ, वृक्षारोपण गरौँ र प्रकृतिप्रति जिम्मेवार बनौँ भन्ने सन्देश बोकेका प्लेकार्ड प्रदर्शन गरेका थिए।
यस अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूबीच बस अनि चित्र बनाउ प्रतियोगिता पनि आयोजना गरियो, जहाँ वन, जैविक विविधता र पर्यावरण संरक्षणसँग सम्बन्धित आकर्षक चित्रहरू प्रस्तुत गरिएका थिए। र्‍यालीमा रिम्बिक उच्चतर माध्यमिक विद्यालय, एनडीए, कर्नरस्टन एकेडेमी, सेभेन हेभन नर्सरी स्कुल, साई सेवा समिति तथा शाक्य छोपलिङ गुम्बाका सदस्यहरूको उपस्थिति रहेको थियो। उपस्थित सबैले एन डी ए विद्यालय परिसरमा वृक्षारोपण गरिएको थियो। आयोजकहरूले यस्ता कार्यक्रमले नयाँ पीडीमा वन तथा पर्यावरणप्रति जिम्मेवारीको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएकोछ जानकारी वन विभागले दिएकोछ।

Share this news
आजको रोजाइ
भारतको निजी अन्तरिक्ष यात्रामा ऐतिहासिक सफलता, स्काइरूटको विक्रम–१ ले कक्षा पुगेर रच्यो नयाँ इतिहास

भारतको निजी अन्तरिक्ष यात्रामा ऐतिहासिक सफलता, स्काइरूटको विक्रम–१ ले कक्षा पुगेर रच्यो नयाँ इतिहास

दिल्ली विश्वविद्यालयमा प्रिण्टेड प्रचारमा पूर्ण प्रतिबन्ध: विद्यार्थी संघ चुनाउका लागि कडा नियम जारी

दिल्ली विश्वविद्यालयमा प्रिण्टेड प्रचारमा पूर्ण प्रतिबन्ध: विद्यार्थी संघ चुनाउका लागि कडा नियम जारी

NIEDO NEET-2026: भारतीय सेनाको सहयोगमा विपन्न विद्यार्थीले पाए मेडिकल शिक्षामा सफलता

NIEDO NEET-2026: भारतीय सेनाको सहयोगमा विपन्न विद्यार्थीले पाए मेडिकल शिक्षामा सफलता

चुनाव आयोगको राष्ट्रिय मिडिया सम्मेलनमा सिक्किमको सहभागिता,

चुनाव आयोगको राष्ट्रिय मिडिया सम्मेलनमा सिक्किमको सहभागिता,

सरकारी बसमा नारीहरूलाई नि:शुल्क सेवा अनि अतिरिक्त अपमान: पहाडी भेगमा जनगुनासो बढ्दो

सरकारी बसमा नारीहरूलाई नि:शुल्क सेवा अनि अतिरिक्त अपमान: पहाडी भेगमा जनगुनासो बढ्दो

राजारहाटको दक्षिण नारायणपुरमा जुट–स्ट्रिङ बम विस्फोट, नयाँ भाडावाला कोठा सफा गर्ने क्रममा घटना

राजारहाटको दक्षिण नारायणपुरमा जुट–स्ट्रिङ बम विस्फोट, नयाँ भाडावाला कोठा सफा गर्ने क्रममा घटना

केन्द्रीय गृहमन्त्री शाहलाई मुख्यमन्त्रीको साथमा विष्टद्वारा स्वागत: क्षेत्रको विकास र सुरक्षामा नयाँ ऊर्जा

केन्द्रीय गृहमन्त्री शाहलाई मुख्यमन्त्रीको साथमा विष्टद्वारा स्वागत: क्षेत्रको विकास र सुरक्षामा नयाँ ऊर्जा

प्रगतिशील कृषकहरू अलैंचीको खेतीतिर

प्रगतिशील कृषकहरू अलैंचीको खेतीतिर

अतिरिक्त अनेरियम वृद्धि गरेकोमा सरकारप्रती कृतज्ञता 

अतिरिक्त अनेरियम वृद्धि गरेकोमा सरकारप्रती कृतज्ञता 

स्काइरूट एयरोस्पेसद्वारा भारतको पहिलो निजी रकेट ‘विक्रम-१’ को सफल प्रक्षेपण

स्काइरूट एयरोस्पेसद्वारा भारतको पहिलो निजी रकेट ‘विक्रम-१’ को सफल प्रक्षेपण

आजको रोजाइ