खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

Share this news

खरसाङ,  (मोहन प्रसाद): खरसाङ नगरपालिकाको देख-रेखमा पश्चिम बंगाल सरकारको मां योजना अन्तर्गत खरसाङ महकुमा अस्पताल प्राङ्गणमा एउटा मां क्यान्टिन आरम्भ भएको छ। बुधवार खरसाङ महकुमा अधिकारी, प्रिया यादव, खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान, खरसाङ नगरपालिका अभियन्ताहरू, कर्मचारीहरू साथै खरसाङ अस्पतालका प्रतिनिधिहरू, डाक्टर, नर्सहरूको उपस्थितिमा मां क्यान्टिनको विधिवत्‌‍ उद्घाटन गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै खरसाङ नगरपालिका बोर्ड अफ एडमिनिस्ट्रेशनका अध्यक्ष ब्रिगेन गुरुङले भने अनुसार, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका आर्थिक रुपले कमजोर रहेका एवम्‌‍ अन्य सबै वर्गका मानिसहरूले कम शुल्कमा भर पेट खाना खान सकोस्‌‍ भनी केवल 5 रुपियाँमा खानाको प्रबन्ध गराएकी हुन्‌‍। तिनले यो पनि जनाए कि गत केहि वर्ष अघि उक्त मां क्यान्टिन खरसाङ नगरपालिका कार्यालयमा पनि चलिरहेको छ भने प्रति दिन लगभग दुई सय जना मानिसहरू केवल 5 रुपियाँमा दाल, भात, अण्डा संगै भर पेट खानाको लाभ उठाइरहेका छन्‌‍। खरसाङ महकुमा अस्पताल प्राङ्गणमा बुधवारदेखि खोलिएको क्यान्टिन अहिलेलाई अस्थायी रूपमा आरम्भ गरिएको हो। पछि अस्पताल परिसरमा पक्का भवन निर्माण गरेर क्यान्टिन सञ्चालन गरिनेछ। अर्कोतर्फ पत्रकारहरूसित बोल्दै खरसाङ नगरपालिका प्रशासनिक बोर्डका उपाध्यक्ष सुवास प्रधानले बताए अनुसार, अस्पतालमा आउने बिरामीहरू साथै बिमारीका परिवारका सदस्यहरूलाई कम शुल्कमा केवल 5 रुपियाँ भुक्तान गरेर भर पेट खानाको प्रबन्धको राज्य सरकारले गरेको छ। उक्त क्यान्टिनमा वर्तमानमा 2 सय जना मानिसहरूलाई केन्द्र गरेर खानाको व्यावस्था गरिएको छ भने दिउँसो 12 बजेदेखि बेलुका 3-4 बजेसम्म खानाको व्यावस्था रहनेछ। त्यति मात्र होईन, राज्य सरकारको अन्य एउटा योजना अन्तर्गत तयार गरिएको साथै खरसाङ नगरपालिका कार्यालय नजिक रहेको भवनमा आवश्यकमा रहेका व्यक्तिहरूलाई अथवा बिरामीहरूलाई हेर्न आएको सदस्यहरूलाई राति बस्ने व्यवस्था पनि नगरपालिकाले राज्य सरकारको योजना अन्तर्गत गरेको छ। तिनले वर्तमान राज्य सरकारको सहयोगमा खरसाङ नगरपालिकाले जनहितमा विभिन्न पक्षमा कार्य गरिरहेको छ भनी बताए।


Share this news
आजको रोजाइ
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

आजको रोजाइ