बिहीवारे हाटमा न्यानो लुग धेरै बिक्री

Share this news

खरसाङ,  (निसं): खरसाङ बिहीवारे हाटमा यस पल्ट पनि न्यानो लुगा खरिद गर्नेहरू निकै देखिए। बिहीवारे हाटमा आएका मानिसहरूले नयाँ, पुरानो न्यानो लुगा खरिद गरिरहेका थिए। यहाँको पार्क लोकेशनमा लागेको बिहीवारे हाट अनि बजार क्षेत्रमा लागेको बिहीवारे हाटमा निकै संख्यामा मानिसिहरू आएका थिए भने हाट आउनेहरू मध्ये धेरैले न्यानो लुगा छानिरहेका थिए अथवा खरिद गरिरहेका थिए।

सिलगढ़ीबाट बिहीवारे हाटमा लुगा बिक्री गर्न आएका एक बिक्रेताले यस पल्ट पनि विगतको हाट जस्तै मानिसहरूले न्यानो लुगा खरिद गरेको बताउदै तथापि क्रिशमसले गर्दा विगतको भन्दा ग्राहकहरूको संख्या केही कम लागेको बताए। बिहीवारे हाटमा पसल थापेर बसेका स्थानीय एक बिक्रेताले विगतका हाटहरू जस्तै यस पल्ट पनि मानिसहरूले हाटमा न्यानो लुगा खरिद गरेको बताए। जाड़ो महिना लागेपछि न्यानो लुगाको बिक्री बढ़ेको बताउदै प्रत्येक बिहीवारे हाटमा न्यानो लुका बिक्री राम्रो भइरहेको र न्यानो लुगाको बिक्री जनवरी महिनासम्म रहने पनि तिनले बताए।

स्मरण गराइन्छ खरसाङ्का नियमित दोकानहरू बिहीवारको दिन बन्द गर्ने नियम छ। बिहीवार शहरका दोकानहरू बन्द रहेको अवस्थामा सिलगढ़ी अनि खरसाङ्का स्थानीय व्यापारीहरूले बन्द दोकानको अघिल्तिर आफ्नो पसल फिँजाउने गर्छन्‌‍। विगत केही समय यता बिहीवारे हाट मुख्य बजार क्षेत्रमा मात्र नलागेर पार्क लोकेशनस्थित सार्वजनिक शौचालयको छत अनि वरिपरिको स्थानमा पनि लाग्ने गरेको छ। बजार क्षेत्रमा अधिकतर स्थानीय व्यापारीहरूले पसल फिँजाउने गरेका छन्‌‍ भने पार्क लोकेशनमा लाग्ने हाटमा अधिकतर सिलगढ़ीका व्यापारीहरूले पसल फिँजाउने गरेका छन्‌‍। यो जाड़ोको मौसमममा नयाँ अनि पुरानो न्यानो लुगा हाटमा सस्तो मूल्यमा पाइने भएकोले धेरै मानिसहरूले बिहीवारे हाटमा न्यानो लुगा खरिद गरिरहेका छन्‌‍। खरसाङ्मा केही दिनदेखि ताममान घटेको छ भने दिउँसो पनि समय-समयमा घाम बादलले छल्ने गरेकोले जाड़ो अझ बढ़ेको छ।


Share this news
आजको रोजाइ
Oplus_131072

सरकारले घुँडा टेकिसकेको आन्दोलनलाई विफल बनाइरहेछन्

क्रिस्मस पालन गर्ने परम्परा अनि यसको इतिहास

क्रिस्मस पालन गर्ने परम्परा अनि यसको इतिहास

सुलोचनाको क्यालीग्राफी संसार: अक्षरमा नेपालीपनको सौन्दर्य

सुलोचनाको क्यालीग्राफी संसार: अक्षरमा नेपालीपनको सौन्दर्य

अनित खाती

अनित थापाले 313 को प्रतिष्ठा बचाएः युवा शक्ति

आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति सम्मान जनाइयो

आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति सम्मान जनाइयो

अनित थापाले वृद्ध-वृद्धाहरूसित क्रिशमस मनाए

अनित थापाले वृद्ध-वृद्धाहरूसित क्रिशमस मनाए

बिहीवारे हाटमा न्यानो लुग धेरै बिक्री

बिहीवारे हाटमा न्यानो लुग धेरै बिक्री

रोहिणी रोडमा गएको पैह्रोको कारण सम्पूर्ण क्षेत्रलाई समस्या: कल्पना प्रधान

रोहिणी रोडमा गएको पैह्रोको कारण सम्पूर्ण क्षेत्रलाई समस्या: कल्पना प्रधान

खरसाङमा क्रिशमस हर्षोल्लासको साथमा पालन

खरसाङमा क्रिशमस हर्षोल्लासको साथमा पालन

मिरिकमा ख्रीष्ट जन्मोत्सव क्रिसमस पर्व हर्षाेल्लासकाे साथ पालन

मिरिकमा ख्रीष्ट जन्मोत्सव क्रिसमस पर्व हर्षाेल्लासकाे साथ पालन