स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

Share this news

खरसाङ , (निसं):खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी पुग्न सफल भएको छ। खरसाङ्को भिक्टोरिया खेल मैदानमा भईरहेको स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्ट अन्तर्गत शुक्रवार दुईवटा सेमी फाइनल खेल सम्पन्न भएको छ।

पहिलो सेमीफाइनल खेल आकाशवाणी खरसाङ र मुथुम इलेभेन सिलगढ़ीमाझ सम्पन्न भएको छ। यस खेलमा पहिला ब्याटिङ गर्दै मुथुम इलेभेनले निर्धारित 15 ओभरमा 6 विकेटमा 122 रन बनाएको थियो। 123 रनको लक्ष्यलाई पछ्याउँदै आकाशवाणी खरसाङ 14 ओभर 4 बलमा 84 रन मात्रै बनाएर अल आउट भए। यसको साथै मुथुम इलेभेन सिलगढ़ी फाइनलमा पुग्न सफल बनेको छ।

यस खेलमा मुथुम इलेभेनको बसन्त छेत्री म्यान अफ्‌‍ द म्याच घोषित भए जसले ब्याटिङ्मस 44 रन बनाउनको साथै 2 विकेट पनि लिएका थिए। त्यसरी नै दोस्रो फाइनल खेलमा मन्टिभियट इलेभेनले ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 8 वन विकेटमा 95 रन बनाएका थिए। 96 रनको लक्ष्यलाई खेदो गर्दै डेमोण्ड इलेभेन बोइस सिलगढ़ीले केवल 6 ओभर 4 बलमा नै 1 विकेट गुमाएर लक्ष्य हाँसिल गरेर 9 विकेटले सजिलै विजय बनेका थिए अनि फाइनलमा प्रवेश गरेको छ।

यस खेलमा 16 बलमा 54 रन बनाउने साथै बलिङ्मा पनि 2 विकेट लिने डेमोण्ड इलेभेन बोइसको मञ्जित सिंह म्यान अफ्‌‍ द म्याच घोषित भए। अब आगामी 14 दिसम्बरको हुने फाईनल खेल मुथुम इलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ीमाझ उपाधिको लागि हुने भएको छ। यस दुईवटा सेमी फाइनल खेलमा निर्णायकको रुपमा कबीर राई, अनिल लेप्चा रहेका थिए भने स्कोररको रुपमा अर्पण गुरुङ रहेका थिए।


Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ