जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

Share this news

खरसाङ, (निसं): इसाईहरूको एउटा सङ्गठन जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीले शुक्रवार गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख अनित थापासँग भेट गऱ्य़ो।

इसाई अल्पसंख्यक समुदायहरूको दीर्घकालीन मांग अन्तर्गत समग्र इसाईहरूको महान पर्व बड़ा दिन अर्थात्‌‍ क्रिसमसको दिन विश्वभरिनै धूमधामले मनाइने गरिन्छ। तर अहिलेसम्म पहाड़ अनि तराई क्षेत्रका चिया बगानहरूमा दैनिक मजदुरी गर्ने लाखौँ इसाई धर्मलवाम्बीहरूले भने आफ्नो मुख्य पर्वमा पनि काममा जानु पर्ने स्थिति रहेको अर्थात्‌‍ नागा (अनुपस्थित) बसेर चाढ़ मनाउनु पर्ने हुन्छ। यसै विषयलाई लिएर सरकारपक्षबाट इसाई समुदायलाई पनि क्रिसमसको अवसरमा एक दिनको विदा दिइयोस भनि मुख्य कार्यपाललाई एउटा ज्ञापन पत्र प्रदान गरियो। यसका साथै नेपाली भाषा साहित्यका आदि साहित्यकार पादरी गंगा प्रसाद प्रधानको जन्म जयन्ती प्रत्येक वर्ष 4 जुलाईको दिन पनि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासण अन्तर्गत एक दिने विदा गरि दियाजाओस भनि ज्ञापन दिइयो।

यस अवधि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन, प्रमुख अनित थापाले पनि यस विषयलाई तुरुन्तै राज्य सरकार कहाँ अनुमोदनको निम्ति पठाइने वचन दिएका छन्‌‍। सम्पूर्ण इसाई समूहको हितको निम्ति यसै वर्षको क्रिसमसदेखि चिया बगानमा पनि विदा घोषणा गरिदिया जाओस भनि जोइण्ट फोरमले अपिल चढ़ाएको छ। मुख्य कार्यपाल अनित थापाले पनि यसै पालीको क्रिसमसदेखि चिया बगानमा पनि बड़ा दिनको एक दिने छुट्टी घोषणा गरिने वचन दिएको जानकारी जोइण्ट फोरमको पक्षबाट गराइएको छ। यसकासाथै पादरी गंगा प्रसाद प्रधानको जन्म ज्यान्ती जुलाई 4 तारिख को निम्ति पनि जीटीए सभा बसेर पादरी जयन्तीमा पनि क्षेत्रिय सरकारमा विदा दिने वचन दिएको थप जनाएका छन्‌‍।

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशन अध्यक्ष एवं सल्लाहकार अल्पसंख्यक मामिला, जीटीए रमेश गुरुङले अगुवाई गरेको यस झुण्डमा आर्च बिशप पिटर ब्लेन लेप्चा, एचपीसी, पास्टर अशिम राई, पास्टर कबिर लामा,पास्टर सहदेव थापा पानीघट्टा,पास्टर हेमन्त पवल मोक्तान, पवल सुब्बा, पास्टर जोहन राई, पास्टर एलिशा रसाइली, एल्डर उदय सुब्बा कालेबुङ, सर कारनेट लेप्चा कालेबुङ, पास्टर प्रकाश प्रधान कालेबुङ,पास्टर बिमल गुरुङ्ग, पास्टर दनियाल जोशी, पास्टर सञ्जय थापा मिरिक, पास्टर किशोर बान्तवा, पास्टर फिलिप राई, पास्टर आमोस राई, पास्टर राज कुमार दास आदि रहेका थिए। आजको दिन पहाड़ तराई क्षेत्रभरि छरिएर बसोबासो गरिरहेका इसाई समुदायको लागि इतिहासिक दिन रहने जोइण्ट फोरम अध्यक्ष गुरुङ्को भनाई छ।


Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ