बिहिबारदेखी विद्यालयहरु अनिश्चितकालीन बन्द संयुक्त शिक्षक सङ्गठनको घोषणा 

Share this news

दार्जीलिङ, 18 दिसम्बर(निसं): 313 जना शिक्षकहरुको नियुक्ति जीटीए-ले पुर्णरुपमा अवैध हो भनी कलकत्ता उच्च अदालतले सुनुवाइ गरेपछी दार्जीलिङ पहाडी क्षेत्रमा विभिन्न प्रकारका प्रतिक्रियाहरुको आवाज उठ्न थालेकोछ।
यसैवीच दार्जीलिङको संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रिय समिति उपाध्यक्ष विवेक छेत्री अनि महासचिव सन्तोस खडकाले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्,दार्जीलिङ पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने शिक्षक संगठनको घोषणा छ। गत 25 वर्षदेखि दार्जीलिङ पहाड़मा शिक्षक नियुक्तिको निम्ति कुनै रिक्रुमेन्ट रूल लागु गरिएको छैन।
तब शिक्षकहरूले कुन परीक्षा पास गरेर योग्यता प्रमाणित गर्ने ? गत 25 वर्षदेखि सबैजनाले योग्यता प्रमाणित गर्न रिक्रुटमेन्ट रूल अथवा एसएससी परीक्षा लेख्न पर्खिरहेको भए दार्जीलिङ पहाड़का सबै विद्यालयहरू बन्द भइसक्थे।गत 25 वर्षको अवधिमा दार्जीलिङ पहाड़को शैक्षिक व्यवस्था सम्हाल्ने काम स्वयँसेवी शिक्षक-शिक्षिकाहरूले नै गरेका छन्।
उनीद्वयले भनेका छन्,दार्जीलिङ पहाड़मा गत 2002 सालदेखि नै स्वयंसेवी शिक्षक-शिक्षिकाहरूलाई नियुक्ति दिने प्रक्रिया बनेको हो ।
यो शिक्षक-शिक्षिकाहरूको भूल होइन तर प्रशासनिक व्यवस्थापनको गड़बड़ी हो । यसको निम्ति तत्कालीन दागोपाप, अहिलेको जीटीएसितै राज्य अनि केन्द्र सरकार दोषी छ। यसको सजाय शिक्षक-शिक्षिकाहरूले पाउनु हुँदैन। पहाड़ र पहाड़को शैक्षिक व्यवस्था पिस्सिनु हुँदैन।
कलकत्ता उच्च न्यायालयको आजको फसेलाले भोलिको दिनमा दार्जीलिङ पहाड़को अवकाशप्राप्त भइसकेका पुराना शिक्षकहरूसितै वर्तमानका अन्य शिक्षक-शिक्षिकाहरूसितै स्वयंसेवी शिक्षक-शिक्षिकाहरूलाई समेतलाई असर पार्न सक्ने स्थिति उत्पन्न भएको छ। यसबाहेक दार्जीलिङ पहाड़मा मातृभाषा पढ़ाउने शिक्षक पनि अन्य क्षेत्रबाट आउने स्थिति पनि उत्पन्न हुँदैछ। यसैले यी परिस्थितिहरूलाई मध्यनजरमा राख्दै निर्दोष शिक्षक-शिक्षिका एवं पहाड़को शैक्षिक व्यवस्थाको सम्मानको निम्ति सङ्गठन सड़क आन्दोलनमा उत्रिने निर्णय लिएको छ।
आन्दोलनको पहिलो चरणमा भोलिदेखि दार्जीलिङ पहाड़का सम्पूर्ण विद्यालयहरू भोलिदेखि अनिश्चितकालीन बन्द रहने घोषणा गर्दछौं। जुन-जुन विद्यालयहरूमा वार्षिक परीक्षाहरू चलिरहेको छ अथवा रिजल्टहरू हुन लागिरहेको छ,अनि विद्यालयका वार्षिक कार्यक्रमहरू सम्पन्न हुन गइरहेको छ ती सबै कार्यक्रमहरू पनि स्थगित रहनेछ। यदि कुनै पनि विद्यालयले सङ्ग्ठन आह्वानलाई अवमान्य गर्दा कुनै पनि अप्रिय घटना भए त्यसको दायी सङ्गठन रहने छैन भनी कडा चेतावनी संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रिय समिति उपाध्यक्ष विवेक छेत्री अनि महासचिव सन्तोस खडकाले दिएका छन्।

Share this news
आजको रोजाइ
फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

आजको रोजाइ