सीएचओ तृष्णा गजमेरलाई सम्मान साथै  विदाई 

Share this news

रेलिङ, 5 दिसम्बर (निसं): बिहिबार एक कार्यक्रमवीच रेलिङ स्वस्थ्य केन्द्रद्वारा सीएचओ तृष्णा गजमेरलाई ससम्मानका साथ बिदाई दियो। एएनएम ममता तामाङद्वारा सञ्चालित कार्यक्रममा आशाकर्मी दुर्गा काफ्ले सम्मान-पत्र पठन गरिन्,
यो बिदाइको घडीमा उनले भनिन, आफुहरूसँग यतिका बर्षसम्म एकै परिवार भएर सुस्वास्थ्य केन्द्रभित्रका नियमित कार्यहरू मात्र होइन, रेलिङ ग्राम पञ्चायत अन्तर्गतका विभिन्न दुर्गम गाउँ-बस्तीसम्म पुगेका थियौं र आर्थिक , सामाजिक रूपमा पछाडिएका दीनदुःखीहरूको सेवा तथा सहयोग पुर्‍याउँदै आएको समर्पित भावना अति नै प्रसंशाणीय छ भनी उनले जनाइन्।
सम्मानित भएपछि सीएचओ तृष्णा गजमेरले बोल्दै भनिन् , मलाई रेलिङ स्वस्थ्य केन्द्रका परिवारलाई छोडेर जानू पर्दा धेरै खल्लो महशुस भइरहेको छ। यद्यपि, रेलिङ सुस्वास्थ्य केन्द्रका परिवारबाट पाएको  स्नेह, माया अनि साथ सहयोग सदैव रहिरहनेछ । यसका साथै रेलिङले लगाएको गुण कहिले नभुल्ने उनले थप बताइन्।
स्मरणरहोस् , तृष्णा गजमेरले हालै वेस्ट बंगाल जोइन्ट इन्ट्रेन्स एक्जामिनेश जस्तो कठिन परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरी उनले सफलता हासिल  गरेकी छन्।
उक्त परीक्षा सफलपछि गजमेरले बीएससी नर्सिङको अध्ययनका लागि उत्तर बङ्गाल मेडिकल सेन्टरमा अध्ययन गर्न मौका पाएकी छिन। उनको यस सफलतामा रेलिङ सुस्वास्थ केन्द्र परिवारले गजमेरलाई बधाई तथा शुभकामना दिएकाछन्।

Share this news
आजको रोजाइ
धान उठाउन लाग्दा मौसमले दियो साथ

धान उठाउन लाग्दा मौसमले दियो साथ

इन्जिनियरिङ र अध्यात्मको बीचबाट सृजनाको संगीत यात्रा

इन्जिनियरिङ र अध्यात्मको बीचबाट सृजनाको संगीत यात्रा

भोलि दार्जीलिङमा सुवासवादी कार्यक्रम, छैटौं अनुसूचीको लागि हस्ताक्षर अभियान

भोलि दार्जीलिङमा सुवासवादी कार्यक्रम, छैटौं अनुसूचीको लागि हस्ताक्षर अभियान

पहाड़मा अलग राज्यको माग फेरि गुञ्जयमान हुने संकेत

पहाड़मा अलग राज्यको माग फेरि गुञ्जयमान हुने संकेत

अपर बुर्तुक, सिक्किमकी श्वेता गुरुङलाई पी.एच.डी. को उपाधि प्राप्त

अपर बुर्तुक, सिक्किमकी श्वेता गुरुङलाई पी.एच.डी. को उपाधि प्राप्त

प्रत्येक दिन हुने जामको समस्याले हैरान साधारण मानिसहरू

प्रत्येक दिन हुने जामको समस्याले हैरान साधारण मानिसहरू

श्रीजङा जयन्ती एवम् चासोक तङ्नाम लामा गाउँमा सम्पन्न 

श्रीजङा जयन्ती एवम् चासोक तङ्नाम लामा गाउँमा सम्पन्न 

सीएचओ तृष्णा गजमेरलाई सम्मान साथै  विदाई 

सीएचओ तृष्णा गजमेरलाई सम्मान साथै  विदाई 

जनशक्ति असंगठित कर्मचारी फ्रण्ट-को सभा

जनशक्ति असंगठित कर्मचारी फ्रण्ट-को सभा

क्यापको गेजिङ जिल्ला कार्यकारी परिषद्को समन्वय बैठक

क्यापको गेजिङ जिल्ला कार्यकारी परिषद्को समन्वय बैठक