उत्तर पूर्वी राज्यहरूको भ्रमणको तेस्रो दिन नागाल्याण्डको राजधानी कोहिमाको गोर्खा पब्लिक पञ्चायत हलमा कोहिमाको बिभिन्न संघ संस्थाको प्रतिनिधिहरूसँग विचार विमर्श गरियो। उपस्थित प्रतिनिधिहरूले नागाल्याण्डका गोर्खाहरूको निम्ति पनि गोर्खाल्याण्ड आवश्यक रहेको तर विगतका गोर्खाल्याण्ड आन्दोलनहरुमा धेरै सहयोग पुऱ्याउँदा पनि आन्दोलनलाई सम्झौतामा लगेर टुङ्ग्याएको तितो अनुभव साझा गर्दै यदि गोर्खाल्याण्डको निम्ति आज पनि कसैले ईमान्दारपूर्वक गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउँछ भने हामी अझै पनि सघाउन तैयार रहेको बताए।
उपस्थित प्रतिनिधिहरूले बिशेष गरिकन दार्जीलिङका गोर्खाहरू आफै विभाजनमा रहनु नै गोर्खाल्याण्ड गठनको निम्ति वाधा हो भन्ने जनाउँदै पहिले दार्जीलिङका गोर्खाहरु नै एकिकृत बन्नु पर्ने सुझाव राखे।











