गोर्खा जनमुक्ति मोर्चाद्वारा जीटीए प्रमुख कार्यपाल अनित थापा साथै जीटीएका शिक्षा विभागका सभासदको राजीनामाको मांग

Share this news

खरसाङ, (मोहन प्रसाद): गोर्खा जनमुक्ति मोर्चाद्वारा जीटीए प्रमुख कार्यपाल अनित थापा साथै जीटीएका शिक्षा विभागका सभासदको राजीनामाको मांग गरिएको छ।
गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिका अध्यक्ष योगेन्द्र राईले पत्रकारहरुसित बोल्दै बताए अनुसार बुधवार कलकत्ता उच्च अदालतले पहाड़का 313 जना शिक्षक नियुक्ति प्रक्रियालाई अवैध ठाहर गर्दै ती 313 जना शिक्षकहरूको नियुक्ति खारिज गरिएको छ, त्यसको सम्पूर्ण जवाफदेही जीटीए कार्यपाल अनित थापाको रहेको छ।
जीटीए कार्यपाल अनित थापाको कार्यकालमा यी 313 जना शिक्षकहरूको नियुक्ति भएको थियो । यस नियुक्तिमा अवैध रूपमा भाई-भतिजावाद, पार्टीका कार्यकर्ताहरूलाई चेप्ने वा अवैध रूपमा नियुक्ति दिने कार्य भएको थियो। तिनले यो पनि जनाए कि यसमा अवश्य योग्य स्वयं सेवी शिक्षकहरू पनि छन्‌‍ होला, जसले धेरै अघिदेखि विद्यालयमा एउटा स्वयंसेवीको रुपमा विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आइरहेका थिए, तर आज जीटीए प्रमुख कार्यपाल अनित थापाको कार्यकालमा अवैध प्रकारले शिक्षकहरूलाई नियुक्ति गरिएको हुनाले ती योग्य शिक्षकहरूले पनि नकारात्मक परिणाम भोग्नु परिरहेको छ अनि तिनीहरूको भविष्यसँग खेलवाड़ भएको छ। यस परिस्थितिमा गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट अवैध शिक्षक नियुक्तिमा अनित थापा जिम्मेवार रहेको कारण ठान्दै नैतिकताको आधारमा पनि जीटीए प्रमुख अनित थापाले कार्यपालको पदबाट राजीनामा दिनु पर्छ भनी योगेन्द्र राईले माग गरे।
केवल थापा मात्र होइन, जीटीए शिक्षा विभागका सभासदको पनि अवैध शिक्षक नियुक्तिमा हात रहेकोले, शिक्षा विभागका सभासदले पनि राजीनामा दिएको हुनुपर्छ भनी तिनले माग गरे ।
तिनले यो पनि बताए कि हालैमा कलकत्तामा महान फुटबल खेलाड़ी मेसिको आगमनको अवधि कलकत्ताको इडन गार्डनमा जुन नराम्रो परिस्थिति सृजना भएको थियो त्यसलाई मध्यनजर राख्दै नैतिकताको आधारमा, जुन प्रकारले पश्चिम बङ्गालका खेल विभागका मन्त्री अरुप विश्वासले नैतिकताको आधारमा मन्त्रीको पदबाट राजीनामा दिएका छन्‌‍, त्यसरी नै शिक्षा विभागका सभासद साथै जीटीए प्रमुख कार्यपाल अनित थापाले पनि 313 जना अवैध शिक्षकहरूको नियुक्ति खारिज भएकोमा नैतिकताको आधारमा राजीनामा दिएको हुनुपर्छ भनी माग गोर्खा जनमुक्ति मोर्चाले गर्दछ भनी तिनले जनाए ।

 


Share this news
आजको रोजाइ
फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

आजको रोजाइ