तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व शिक्षक प्रभारी दुलाल चन्द्र मन्नाको निधन

Share this news

तीनधारे, (निसं): तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व शिक्षक प्रभारी दुलाल चन्द्र मन्ना (मन्ना सर) को निधन भएको छ। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व शिक्षक प्रभारी दुलालचन्द्र मन्नाको कोलकोताको बेहालास्थित निजी बासस्थानमा सोमवार 67 वर्षको उमेरमा निधन भएको जानकारी प्राप्त भएको छ। उनले तीनधारे हाई स्कूलमा 1984 सालदेखि शारीरिक शिक्षा विषयमा शिक्षकको रूपमा कार्य शुरु गरेका थिए। उनी 2013 देखि 2018 सम्म यस विद्यालयमा शिक्षक प्रभारीको रुपमा कार्य गरेर 2018 सालमा अवकाशप्राप्त भएका थिए। उनको केही दिन अघि ह्रदयघातको कारणले उपचार चलिरहेको र सोमवार निधन भएको जानकारी प्राप्त भएको छ। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका रञ्जना प्रधानले पूर्व शिक्षक प्रभारी दुलालचन्द्र मन्नाको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेकी छन्‌‍। उनले दुलालचन्द्र मन्नाको निधनले तीनधारे क्षेत्रका शिक्षा क्षेत्रमा ठूलो क्षति भएको र विद्यालय परिवार शोकित बनेको बताएकी छन्‌‍।


Share this news
आजको रोजाइ
  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

दार्जीलिङको कलामा चार दशकदेखिको मौन प्रवर्तक

दार्जीलिङको कलामा चार दशकदेखिको मौन प्रवर्तक

तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व शिक्षक प्रभारी दुलाल चन्द्र मन्नाको निधन

तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व शिक्षक प्रभारी दुलाल चन्द्र मन्नाको निधन

पाइन ट्री फेस्टिभलको बढ़दो लोकप्रियता

पाइन ट्री फेस्टिभलको बढ़दो लोकप्रियता

इष्ट जोन किक्‌‍ बक्सिङ च्याम्पियनशीप 2025 मा खरसाङ्का खेलाड़ीहरूले जिते मेडल

इष्ट जोन किक्‌‍ बक्सिङ च्याम्पियनशीप 2025 मा खरसाङ्का खेलाड़ीहरूले जिते मेडल

खरसाङ शहरी क्षेत्रमा पानीको पाइपको उचित व्यस्थापन गर्न पर्ने आवश्यकता टट्कारो

खरसाङ शहरी क्षेत्रमा पानीको पाइपको उचित व्यस्थापन गर्न पर्ने आवश्यकता टट्कारो

लक्ष्मी समूह अन्तर्गत रहेको मकैबारी चिया बगनद्वारा ओबेरोय मकैबारी टी स्टेट दार्जीलिङ्को नाममा साझेदारीको घोषणा

लक्ष्मी समूह अन्तर्गत रहेको मकैबारी चिया बगनद्वारा ओबेरोय मकैबारी टी स्टेट दार्जीलिङ्को नाममा साझेदारीको घोषणा

इच्छा शक्ति र मनोबल ठूलो भएमा शारीरिक असक्षमताले पनि छेक्न सक्दैन भन्ने उदाहरण बने जोन शेर्पा

इच्छा शक्ति र मनोबल ठूलो भएमा शारीरिक असक्षमताले पनि छेक्न सक्दैन भन्ने उदाहरण बने जोन शेर्पा

आजको रोजाइ