इष्ट जोन किक्‌‍ बक्सिङ च्याम्पियनशीप 2025 मा खरसाङ्का खेलाड़ीहरूले जिते मेडल

Share this news

खरसाङ,  (निसं)ः इष्ट जोन किक्‌‍ बक्सिङ च्याम्पियनशीप 2025 मा खरसाङ्का खेलाड़ीहरूले भाग लिएका थिए भने प्रतियोगितामा भाग लिएका खेलाड़ीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै मेडल जितेका छन्‌‍। पश्चिम बंगाल राज्य खेलकुद अनि किक्‌‍ बक्सिङ एसोसिएशनद्वारा सिलगढ़ीको एसएमसी इन्डोर स्टेडियममा आयोजना गरिएको यो प्रतियोगिता 13 अनि 14 दिसम्बरको दिन सम्पन्न भएको थियो। यस प्रतियोगितामा सिक्किम, असम, पश्चिम बंगाल, झारखण्ड, बिहार, उडिसा अनि अन्य राज्यबाट जम्मा 3 सय 20 खेलाड़ीहरूले भाग लिएका थिए।

यस प्रतियोगितामा खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनका 5 खेलाड़ीहरूले भाग लिएका थिए, ती 5 खेलाड़ीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन देखाउदै जम्मा 9 वटा मेडल जितेका छन्‌‍। प्रतियोगितामा संस्कृति तामाङले 65 किलोग्राम ओजनको सब-जुनियर वर्गमा लाइट कन्ट्याक्टमा स्वर्ण पदक अनि किक्‌‍ फाइटमा पनि स्वर्ण पदक जितेकी छिन्‌‍, यसै गरी रक्षा थापाले 55 किलोग्राम जुनियर वर्गको लाइट कन्ट्याक्टमा स्वर्ण अनि किक्‌‍ फाइटमा रजत पदक जितेकी छन्‌‍, गौरव राउतले 55 किलोग्राम तौलको सिनियर वर्गको लो किक्‌‍मा स्वर्ण पदक जितेका छन्‌‍, निमेस तामाङले 48 किलोग्राम जुनियर वर्गको लाइट कन्ट्याक्टमा रजत अनि किक्‌‍ फाइटमा रजत पदक, आसना छेत्रीले 55 किलोग्राम सिनियर वर्गको किक्‌‍ लाइटमा स्वर्ण अनि पोइन्ट फाइटमा रजत पदक जितेकी छन्‌‍।

खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनका मुख्य प्रशिक्षक एवम्‌्‌‍ सचिव विजय राउतले बताए अनुसार खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनले बाल-बालिका, किशोर-किशोरी अनि युवा-युवतीलाई किक्‌‍ बक्सिएको धेरै वर्षदेखि प्रक्षिक्षण प्रदान गरिरहेको छ। एसासिएशनले प्रशिक्षण प्रदान गर्नुको अतिरिक्त स्थानीय स्तरदेखि राज्य स्तरीय, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा पनि अंश ग्रहण गर्न खेलाड़ीहरूलाई विभिन्न स्थानमा लगिरहेको छ। यसरी प्रतियोगितामा लगिएका खेलाड़ीहरूले आफ्नो खेलको उत्कृष्ट प्रदर्शन गर्दै मेडलहरू जितेर आइरहेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ