लक्ष्मी समूह अन्तर्गत रहेको मकैबारी चिया बगनद्वारा ओबेरोय मकैबारी टी स्टेट दार्जीलिङ्को नाममा साझेदारीको घोषणा

Share this news

खरसाङ,  (निसं)ः लक्ष्मी समूह अन्तर्गत रहेको मकैबारी चिया बगनले ओबेरोय मकैबारी टी स्टेट दार्जीलिङ्को नाममा साझेदारीको घोषणा गरेको छ। प्राप्त जानकारी अनुसार सम्पदा, जैविक विविधता र त्यहाँका समुदायलाई कुनै असर नगरी आतिथ्य सेवा विकासको निम्ति साझेदारी परियोजनामा कार्य गरिनेछ। ओबेरोय समूह चार दशकभन्दा बढ़ी समयपछि दार्जिलिङ पहाड़हरूमा उत्तर बंगालको पर्यटन क्षेत्रको विकासको निम्ति फर्किरहेको छ। उक्त परियोजना अन्तर्गत पारिस्थितिकी वा त्यहाँका समुदायको हितसँग सम्झौता नगरी विश्व स्तरीय आतिथ्य सेवाको निम्ति साझेदारी अघि बढ़ाइनेछ। सन्‌‍ 1859 मा स्थापित मकैबारी चिया बगान विश्वको सबैभन्दा पुरानो चिया बगानहरू मध्ये एक हो। यो चिया बगान जैविक, जैविक गतिशीलता र पुनरुत्पादक खेतीको विकासको लागि विश्वव्यापी रूपमा प्रशिद्ध छ। 1,236 ऐकर वन, चिया बगान र जैविक विविधताले भरिएको यो चिया बगानमा ओबेरोय रिसोर्ट यसै सिद्धान्तमा चल्नेछ। यस समय आरम्भ गरिएको यस लग्जरी रिसोर्ट 2030 मा सञ्चालनमा आउनेछ। रिसोर्ट डिजाइन ब्याङ्ककको नावा डिजाइन स्टुडियो कम्पनी लिमिटेडले गरेको छ। प्राप्त जानकारी अनुसार लक्ष्मी टी प्रा. लि. सितको साझेदारीमा निर्माण हुने द ओबेरोय मकैबारी टी स्टेट रिसोर्ट बागडोग्रा विमन स्थलदेखि 35 किलो मिटरको दुरीमा रहनेछ। यो रिसोर्ट पूर्वी हिमालयको प्रकृतिक सुन्दरता बीच एकान्त वातावरणमा रहनेछ। यस रिसोर्टलाई भविष्यमा थप कोठाहरूको साथमा अधिक क्षमताको बनाउने योजना रहेको छ। यस रिसोर्टको सञ्चालनमा जैव विविधताको संरक्षण, जैव सम्पदामाथि न्यून प्रभाव माथि ध्यान राखिएको छ। लक्ष्मी समूहको निम्ति यो विकास स्थानीयहरूको निम्ति पनि महत्वको रहेको छ। यो रिसोर्टले स्थानीय मानिसहरूको निम्ति दीर्घ मियादी रोजगारको अवसर उत्पन्न गर्नेछ। यस रिसोर्ट स्थानीय युवाहरूलाई आतिथ्य प्रबन्धन र कौशल विकासमा प्रशिक्षण केन्द्रीत रहनेछ। यसले गर्दा स्थानीय स्तरमा रोजगारको अवसर प्राप्त हुनेछ, युवाहरूलाई बाहिर गएर नोकरी गर्न पर्नेछैन। यस रिसोर्ट स्थानीय मानिसहरूको निम्ति चियाको अतिरिक्त नयाँ आर्थिक श्रोत बन्नेछ। स्थानीय कलाकार, शिल्पकार, उद्यमीहरूलाई अन्तर्राष्ट्रिय सम्पर्क प्राप्त हुनेछ। यो रिसोर्ट मकैबारी चिया बगानका मानिसहरूलाई लामो समयसम्म सहयोग प्रदान गर्ने उद्देश्यले निवेस गरिएको हो भनी लक्ष्मी टी कम्पनी प्रा. लि. का प्रबन्ध निर्देशक रुद्र च्याटर्टीले भने। मकैबारी चिया बगान 1 सय 50 वर्ष भन्दा अधिक समयदेखि यहाँको प्रकृतिक संसाधन, त्यहाँका शिल्पकार, त्यहाँका श्रमिकहरूद्वारा निर्माण गरिएको एउटा जिउँदो धरोहर हो। यहाँको प्राकृति अवस्थामा रहेको वन-जंगल, जैव विविधता, हिमालयको अभूतपूर्व दृश्यले यसलाई असाधरण बनाएको छ। हामी ईआईएच लिमिटेड अनि द ओबेरोय समूहसित साझेदारी गरेर खुशी छौँ। यहाँ निर्माण गरिने रिसोर्टले दार्जीलिङ्को पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने बताएका छन्‌‍। यस बारेमा द ओबेरोय समूहका कार्यकारी अध्यक्ष अर्जुन ओबेरोयले मकैबारी चिया बगानको परियोजनालाई आफ्नो एक प्रेरणादायक लगाव रहेको बताए। मकैबारीको प्राकृति सुन्दरता, यहाँको कुशल कार्य शैरी परम्परा अनि ऐतिहासिक महत्व ओबेरोय रिसोर्टको निम्ति एउटा महत्वपूर्ण र असाधरण स्थान बनेको छ। यो साझेदारी यस स्थानलाई परिवर्तन गर्नको निम्ति एउटा प्रतिबद्धता हो। यसै गरी द ओबेरोय ग्रुपका विक्रम ओबेरोयले यस रिसोर्टलाई लामो अवधिको विकासको रणनीतिको विकासको अंश बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ