भारतीय जनता पार्टीद्वारा चिया श्रमिकको रोज वृद्धिलाई लिएर ढाँट्ने राजनीति भइरहेको भागोप्रमोको आरोप

Share this news

खरसाङ, (निसं)ः भारतीय जनता पार्टी (भाजपा) द्वारा चिया श्रमिकको रोज वृद्धिलाई लिएर ढाँट्ने राजनीति भइरहेको छ भनी मन्तव्य भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधानले आरोप लगाएका छन्‌‍। खरसाङ्मा हिमालय दर्पणसित बोल्दै सुवास प्रधानले जनाए अनुसार, भारतीय जनता पार्टीले चिया श्रमिकलाई लिएर अहिलेसम्म ढाँट्ने राजनीति मात्र गरिरहेको छ। विगतमा भाजपाको केन्द्रीय गृहमन्त्री अमित शाह दार्जीलिङ्मा एउटा चुनाव प्रचारमा आउँदा चिया श्रमिकहरूको रोज 350 रुपियाँ हुनेछ भनेर गएका थिए, यतिको वर्ष बित्दा पनि चिया श्रमिकहरूको रोजमा वृद्धि भएन। चुनावको मुखैमा चिया श्रमिकको रोज वृद्धिलाई लिएर ढाँट्ने कार्य भएको हुन्छ, आउँदो विधानसभा चुनावलाई लिएर भाजपाद्वारा एकपल्ट पुन: श्रमिकहरूलाई ढाँट्ने राजनीति भइरहेको छ। तिनले थप जनाए अनुसार, हालैमा भाजपाका खरसाङ्का एकजना नेता मिरिक क्षेत्रमा भाजपाका एकजना वरिष्ठ प्रतिनिधिलाई लिएर भ्रमण गरिरहेका समय चिया बगानमा चिया श्रमिकहरूको रोज बढ़ेर 8 सय रुपियाँ हुनेछ भनी बताएका थिए। अमित शाहले चिया श्रमिकहरूको रोज वृद्धि गरेर 350 रुपियाँ गर्न सकेनन्‌‍ भने अहिले फेरि चुनावको मुखमा भाजपाका स्थानीय नेतृत्वहरूद्वारा दिग्भ्रमित अनि ढाँट्ने कार्य भइरहेको छ। प्रधानले यो पनि जनाए कि केन्द्र सरकारले चिया उद्योग अनि चिया श्रमिकको निम्ति अलग्गै करोडौंँको कोष छुट्याएको हुन्छ। तर भाजपा सांसदले अहिले श्रमिकहरूको निम्ति केन्द्रद्वारा छुट्टै कोष राखिएको रकमबाट दार्जीलिङ पहाड़मा कुनै खर्च गरेका छैनन्‌‍। जनताले सांसदलाई छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति साथै 11 जातगोष्ठीलाई जनजातिको दर्जा दिलाउनुको निम्ति भोट दिएका थिए । यी दुईवटा विषयमा केही गर्न नसके पनि तिनलाई भोट दिएका चिया श्रमिकहरूको हितमा केही गर्न पर्ने थियो तर यहाँ केवल चुनावको अघि ढाँट्ने कार्य मात्र भइरहेको आरोप प्रधानले लगाए । प्रधानले यो पनि बताए कि एउटा सांसद भएर तिनलाई यो पनि थाह छैन कि कलमा पानी सर्वहा हुने समय हुन्छ। पानी नआएको कलको पाइपमा “ममता दिदी“ भन्नुको सट्टा सम्बन्धित विभागमा अनि सम्बन्धित अधिकारीहरूलाई सोधपूछ गरेको भए पानी किन्‌‍ नआएको भन्ने विषयमा जानकारी पाउँने थिए होला। तर यसरी पानीको पाइपमा “ममता दिदी“ भन्दै केवल राजनीति मात्र गरिरहेको आरोप प्रधानले लगाएका छन्‌‍। प्रधानले चुनावको मुखमा विभिन्न झुठो आश्वासन साथै ढाँटको राजनीति गर्नेहरूसित सचेत रहनु पर्ने पनि बताए । तिनले जीटीए प्रमुख अनित थापाको नेतृत्वमा साथै राज्य सरकारको सहयोगमा जीटीए क्षेत्रमा विभिन्न विकसमूलक कार्य भइरहेको दावी गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ