पाइन ट्री फेस्टिभलको बढ़दो लोकप्रियता

Share this news

खरसाङ, (मोहन प्रसाद): खरसाङ वा दार्जीलिङ पहाड़ क्षेत्रमा मात्र होइन्‌‍ तर सिक्किम, नेपाल संगै उत्तर-पूर्वी क्षेत्रमा पनि बढ्दै गइरहेको छ द पाइन ट्री फेस्टिभल को लोकप्रियता। पाइन ट्री प्रोडक्शनको ब्यानरमा साथै अन्य सम्बन्धितहरूको सहयोगमा आयोजना भइरहने द पाइन ट्री फेस्टिभलको सातैाँं संस्करण यस वर्ष पनि रोहिणी लेक गार्डेन परिसरमा 20 दिसम्बरमा सम्पन्न हुने भएको छ। उक्त फेस्टिभलमा दार्जीलिङ, खरसाङ, मिरिक, सिलगढ़ी, सिक्किम, डुवर्स अनि अन्य स्थानबाट सङ्गीत प्रेमीहरूको उपस्थिति रहने लख काटिएको छ।

फेस्टिभल विषयमा जानकारी गराउँदै द पाइन ट्री फेस्टिभलका आयोजकहरूले हिमालय दर्पणलाई बताए अनुसार, प्रथममा सन्‌‍ 2016 देखि खरसाङ्को डाउहिलमा आयोजन भएको द पाइन ट्री फेस्टिभल पछि गएर भिक्टोरियामा आयोजन भएको थियो। विगत वर्षको रोहिणीको अपार सफलता पछि उक्त फेस्टिभलको सातैाँं संस्करण यस वर्ष पनि रोहिणी लेक गार्डेन परिसर, खरसाङ्मा आगामी 20 दिसम्बरमा सम्पन्न हुनु गइरहेको छ।

पाइन ट्री प्रोडक्शनका सदस्यहरूले फेस्टिभलको शुरुवात विषयमा जानकारी गराए अनुसार, पाइन ट्री प्रोडक्शनका केही सदस्यहरूको आफ्नै म्यूजिकल ब्याण्ड थियो अनि उक्त ब्याण्डले देशको विभिन्न ठाउँमा विभिन्न म्यूजिकल फेस्टिभलमा भाग लिन साथै आफ्नो प्रस्तुति देखाउन जाने गर्थ्यो। यहाँ आफनै क्षेत्रमा पनि यस्ता फेस्टिभल गर्नपर्छ भनी सोंच राखेर प्रथममा सन्‌‍ 2016 मा तिनीहरूले उक्त फेस्टिवल आयोजनको शुरुवात गरेका थिए।

यस फेस्टिभल मार्फत तिनीहरूले स्थानीय कलाकारहरूलाई मञ्च प्रदान गर्दछन्‌‍ साथै संगीत क्षेत्रमा प्रोत्साहन गर्दछन्‌‍। जहाँ उक्त फेस्टिभल आयोजन हुन्छ त्यस क्षेत्रका मानिसहरूले विभिन्न सानो-ठूलो दोकान-पाट गरी बिक्रीका सामग्री राखेर केही आय पनि आर्जन गर्ने अवसर पाएका हुन्छन्‌‍ भनी आयोजक सदस्यहरूले जनाएका छन्‌‍। त्यति मात्र होइन, संग्लग्न क्षेत्रमा रहेका दोकान-पाट, वाहनको चलाचल, होम स्टे आदि मार्फत्‌‍ क्षेत्रका मानिसहरू उक्त फेस्टिभलको अवधिमा लाभ प्राप्त गर्ने गर्छन्‌‍।

प्रोडक्शनका सदस्यहरूले थप जनाए अनुसार, विगत वर्षहरूमा उक्त फेस्टिभल दुई दिन आयोजन हुन्थ्यो भने यस वर्ष पहिरोको कारण बाटो बन्द भएकोले साथै दशैं-तिहारको मौसम पनि नरहेकोले केवल एक दिन मात्र उआयोजन भइरहेको छ। यस अवधि क्षेत्रका प्रसिद्ध ब्याण्ड जन एण्ड दि लोकलस्‌‍, अखण्ड, स्टेरिओ ग्रुभ, जिन्जर फीट अनि रिको लामाको पनि विशेष प्रस्तुति रहने छ। ब्याण्डको प्रस्तुति बाहेक, प्रोडक्शनले एउटा शिविरको पनि व्यावस्था गर्ने छ।

प्रत्येक वर्ष जस्तै प्रशासनले सहयोग गर्दै यस वर्ष पनि अनुमति प्रदान गरिसकेको छ। यस फिस्टिभलमा सङ्गीत प्रेमीहरूले पनि सहयोग प्रदान गर्दै आइरहेका छन्‌‍। यस फेस्टिभलमा खरसाङ, दार्जीलिङ, मिरिक, सिलगढ़ी, कालेबुङ, डुवर्स, भूटान, नेपाल, सिक्किम, उत्तर-पूर्व अनि अन्य विभिन्न स्थानबाट संगीतप्रेमीहरू उपस्थित रहेर सहयोग प्रदान गर्ने गरेकाले फोस्टिभल प्रत्येक वर्ष सफल भइरहेको छ।

आयोजकहरूले यस फोस्टिभलको नाम पाइन ट्री राखिएको कारण खरसाङ्मा पाइन ट्री धेरै छन्‌‍। चिया बगानसंगै पाइन ट्री पनि खरसाङ्को एउटा विशेषता हो। यसैले कलाको क्षेत्र संगै पर्यटन अनि अन्य विभिन्न क्षेत्र अघि बढ़ेर जावोस भनी हामीले यस फेस्टिभलको नाम पाइन ट्री राखेका हौँ भनी बताए। दिव्यराज मुखिया, अभिषेक गुरुङ, सतीस गुरुङ, निखिल गर्ग, अभिषेकराज गुप्त, उमंग त्रिखत्री, दीपराज पराजुली पाइन ट्री प्रोडक्शनका सदस्यहरू हुन्‌‍ भने डिसिबल इभेन्टका मोहनिष लामा रहेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ