खरसाङ शहरी क्षेत्रमा पानीको पाइपको उचित व्यस्थापन गर्न पर्ने आवश्यकता टट्कारो

Share this news

खरसाङ, (निसं): खरसाङ शहरी क्षेत्रमा पानीको पाइपको उचित व्यस्थापन गर्न पर्ने आवश्यकता टट्कारो देखिएको छ। नगरपालिकाले बिछ्याएको पानीको पाइप अनि त्यो भन्दा बढ़ी नगरवासीले आफ्नो घरमा लगेका पानीको पाइपको कारण विभिन्न प्रकारको समस्या उत्पन्न हुने गरेको छ। यस्ता पानीका पाइप नालीमाथि, झोड़ाबाट, कलभर्ट मुनिबाट लगिएकोले वर्षाकालको समयमा पाइपको कारण नाली, झोड़ा, कलभर्ट थुनिएर खरसाङ्मा समस्या उत्पन्न हुने गरेको छ।

अघिको समयमा नालीबाट लगिएका पानीको पाइपहरूको कारण खरसाङ शहरको अधिकतर नाली थुनिएर बन्द रहेको अथवा नालीको अस्तित्व हराएको अस्था थियो भने खरसाङ महकुमा प्रशासन अनि नगरपालिकाले शहरका नालीहरू खोल्ने, नालीमाथिबाट लगिएका पानीका पाइपहरू उचाल्ने, निस्क्रिय पाइपहरू हटाउने कार्य गरेपछि यस वर्षको वर्षाकालमा वर्षाको भल नालीमा राम्रोसित बग्न सकेको थियो। यसरी शहरी क्षेत्रका नालीहरू खोलेर नालीमाथिबाट लगिएका पानीका पाइपहरू उचालिए तापनि धेरै संख्यामा रहेका ती पाइपहरूलाई व्यस्थित गर्न अझ बाँकी रहेको भान हुन्छ। नालीमाथिबाट लगिएका पानीको पाइपको बिटाको कारण आगामी समयमा शहरका नालीहरू पुनः थुनिने, बन्द हुने, पुरिने समस्या उत्पन्न हुने देखिएको छ।

यसरी लगिएको पाइपको बिटाको कारण कतिपय मानिसहरूलाई हिँड़नलाई समस्या भइरहेको समेत गुनासो छ। तथापि नगरवासीलाई आवश्यक पानी प्राप्त गर्नको निम्ति पाइप बिछ्याउन पनि आवश्यक नै रहेको छ। यस्तो अवस्थामा पानीका सब रिजर्भ ट्याङ्कीहरू ठाउँ-ठाउँमा निर्माण गरेर, ठूलो पाइपमा पानी लगेर विभिन्न स्थानबाट मुरली बनाएर नगरवासीको घरमा पानी आपूर्ति गर्न सकिएको खण्डमा यसरी लामो दुरीबाट पाइप बिछ्याएर पानी ल्याउन पर्ने बाध्यता कम हुने कतिपय मानिसहरू सुझाउ दिन्छन्‌‍। यसो गर्न सकिएको खण्डमा शहरको विभिन्न नाली, झोड़ा, कलभर्टबाट लगिएका पानीको पाइपको बिटा कम हुने, नाली, झोड़ा, कलभर्टबाट लगाइका पानीको पाइप कम भएको खण्डमा नाली, झोड़ा कलभर्ट थुनिने अथवा पुरिने समस्या कम भएर जाने कतिपय मानिसहरूको मत छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ