District level Latebkundo

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

Share this news

मगरजोङ चियाबारी तल्लो विभाग बहादुर गाउँस्थित स्काइ लार्क युथ क्लबको आयोजनामा सञ्चालन भइरहेको जिल्ला स्तरीय खुल्ला लातेभकुण्डो प्रतियोगिता आज भव्य तथा सभ्य ढङ्गले सम्पन्न भएको छ। समापन समारोहमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन सभाध्यक्ष तथा नागरी धजे समष्टि सभासद अञ्जुल चौहानको प्रमुख आतिथ्य रहेको थियो। सो अवसरमा पोख्रेबोङ ग्राम पञ्चायत तीनका प्रधान विकास शंकर, उपप्रधान अजय सुब्बा, नागरी फार्म आउटपोस्टका प्रभारी रुपनारायण प्रधान सहित विभिन्न सामाजिक संस्था, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा खेलप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात बिहानैदेखि सांस्कृतिक प्रस्तुतिहरूका साथ गरिएको थियो। सोही क्रममा विभिन्न कलाकार, समाजसेवी र सहयोगदाताहरुलाई सम्मान प्रदान गरिएको थियो। त्यसैगरी, हाल चर्चित र दर्शकप्रिय हास्य टेलिशृङ्खला ‘अमुइनी’ का कलाकार टोलीलाई पनि उनीहरूको योगदानको कदर गर्दै सम्मान अर्पण गरिएको आयोजक समितिले जनाएको छ। महिला सहभागितालाई प्रोत्साहन गर्न विशेष महिला मैत्रीपूर्ण खेल समेत आयोजना गरिएको थियो, जसमा धजे बस्ती र मगरजोङ बहादुर गाउँ महिला दलबीच प्रतिस्पर्धा भएको थियो। खेलमा मगरजोङ बहादुर गाउँकी महिला टोली विजयी बन्न सफल भयो। मुख्य प्रतियोगिताको अन्तिम चरणमा नागरी फार्म आउटपोस्ट र मगरजोङ निज गाउँबीच रोमाञ्चक खेल भएको थियो। निर्धारित समयसम्म दुवै टोलीले एक–एक गोल गर्दै बराबरी खेलेका थिए। अन्ततः पेनाल्टी शूटआउटमा मगरजोङ निज गाउँ विजयी बन्यो। विजेता टोलीलाई “स्वर्गीय सन्देश सुब्बा स्मृति ट्रफी” र नगद रु ५०,००० प्रदान गरियो भने उपविजेता नागरी फार्म आउटपोस्टलाई मगरजोङ बहादुर गाउँका समाजसेवी टार्जन प्रधान तथा परिवारद्वारा प्रायोजित ट्रफी र नगद रु ३०,००० पुरस्कारस्वरूप  प्रदान गरियो।


Share this news
आजको रोजाइ
ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

माकपाको नेतृत्वमा श्रमदानद्वारा पैह्राे सफा गर्ने कार्य सम्पन्न

माकपाको नेतृत्वमा श्रमदानद्वारा पैह्राे सफा गर्ने कार्य सम्पन्न

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

आजको रोजाइ