historic 4th meeting of Kunwars
historic 4th meeting of Kunwars

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

Share this news

“सामाजिक कल्याण, भातृत्व र पारिवारिक एकता आजको आवश्यकता”माथि जोड दिंदै मुम्बईको दादर अवस्थित शारदा आश्राममा नेपालीभाषीहरूको एउटा समुदाय कुँवर समाज असोसिएशन भारतको एतिहासिक बैठक तथा भेटघाट कार्यक्रम शनिबार आयोजन गरिएको थियो। जसमा कुँवरहरू वंशावलीको संरक्षण, सामाजिक एकता, र प्रगतिशील सोचका साथ समाज रूपान्तरणको अभियानमा दृढतापूर्वक अघि बढिरहेको अवगत गराइएको छ। कार्यक्रमको अध्यक्षता पूर्ण कुँवरले गरेका थिए भने प्रमुख अतिथिका रूपमा अछाम जिल्लाका केन्द्रीय सदस्य इन्द्र कुँवर उपस्थित थिए। त्यसैगरी विशिष्ट अतिथिमा पुरन कुँवर, धन बहादुर कुँवर, साथै पुना र सुरत शाखाका प्रमुखज्यूहरू, अग्रज व्यक्तित्व, महिला विभाग प्रमुख पुजा कुँवरसहित महिला प्रतिनिधिहरू अनि सम्पूर्ण सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा समाजका विविध महत्वपूर्ण प्रस्तावहरूमाथि बृहत छलफल हुँदै सर्वसम्मत रुपमा निर्णयहरू पारित गरियो।
समाजका सचिव केशव कुँवरद्वारा सञ्चालित कार्यक्रम अत्यन्तै उत्साह, एकता र आत्मविश्वासले भरिएको, साँच्चिकै ऐतिहासिक रह्यो। सम्पूर्ण कुँवर समाज परिवारका अग्रज अभिभावकहरू, सदस्यहरू र महिला समूहहरूप्रति हार्दिक आभार व्यक्त गर्दै यस्तो उपस्थिति निरन्तर माया, सहयोग र योगदानले नै कुँवर समाज आज यो गौरवपूर्ण यात्रामा अघि बढ्न सक्षम भएको वक्ताहरूले दावि गरे। निश्चय पनि यो भेटघाट कार्यक्रममा केही कमजोरीहरू पनि देखिएका छन्, त्यसको लागि आत्मसमीक्षा गर्दै आगामी दिनहरुमा अझ जिम्मेवार, सक्षम र प्रगतिशील समाज निर्माणतर्फ अग्रसर रहने प्रतिवद्धता व्यक्त गरियो। यसरी नै आगामी दिनहरूमा, कुँवर समाज असोसिएशन भारतलाई अझ शशक्त, एकतावद्ध र उत्कृष्ट समाजका रूपमा प्रस्तुत गर्दै, अन्य समुदायका लागि पनि प्रेरणाको स्रोत बनाउने हाम्रो साझा लक्ष्य रहने बैठक तथा भेटघाट कार्यक्रमले सुनिश्चित गरेको राजेन्द्र कुँवरले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ