landslide victim Vinay Shankar family
landslide victim Vinay Shankar family

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

Share this news

गत ४ र ५ अक्टोबरमा परेको भीषण वर्षाले दार्जीलिङ पहाडका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको थियो। सोही वर्षाबाट प्रभावित क्षेत्रमध्ये खरसाङ महाकुमाको पाण्डु ग्राम पञ्चायत अन्तर्गतको अम्बटे चियाबारी सानो बसेरी गाउँ पनि एक हो। उक्त गाउँका निवासी विनय शंकरको घर पहिरोको चपेटामा परेपछि परिवार अहिले विस्थापित भएको छ। घरको माथिबाट खसेको पहिरोले उनको घर प्रभावित बनाएको छ। विनय शंकर, उनकी श्रीमती र दुई सन्तान हाल छिमेकीको घरमा बस्न वाध्य छन्। घर चर्किएर बस्न अयोग्य बनेपछि परिवारले निरन्तर त्रासमा दिन विताइरहेका छन्। सम्बन्धित विभाग र ग्राम पञ्चायतले घर सुरक्षित स्थानमा सार्न सुझाव दिएका छन्। तर, आफ्नै जग्गा नहुँदा उनीहरू नयाँ बसोबासको व्यवस्था गर्न असमर्थ भएका छन्। विनय शंकरले बताएका छन्, “यदि माथिबाट आउने नालाको उचित व्यवस्थापन नगरिए र घरको समस्या चाँडै समाधान नभए, थप गाउँ नै पहिरोको चपेटमा पर्ने अवस्था आउन सक्छ। उनीहरूले सम्बन्धित विभागसँग तत्काल पहिरो नियन्त्रण र सुरक्षाको पहलको अनुरोध गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड