District level Latebkundo
District level Latebkundo

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

Share this news

मगरजोङ चियाबारी तल्लो विभाग बहादुर गाउँस्थित स्काइ लार्क युथ क्लबको आयोजनामा सञ्चालन भइरहेको जिल्ला स्तरीय खुल्ला लातेभकुण्डो प्रतियोगिता आज भव्य तथा सभ्य ढङ्गले सम्पन्न भएको छ। समापन समारोहमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन सभाध्यक्ष तथा नागरी धजे समष्टि सभासद अञ्जुल चौहानको प्रमुख आतिथ्य रहेको थियो। सो अवसरमा पोख्रेबोङ ग्राम पञ्चायत तीनका प्रधान विकास शंकर, उपप्रधान अजय सुब्बा, नागरी फार्म आउटपोस्टका प्रभारी रुपनारायण प्रधान सहित विभिन्न सामाजिक संस्था, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा खेलप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात बिहानैदेखि सांस्कृतिक प्रस्तुतिहरूका साथ गरिएको थियो। सोही क्रममा विभिन्न कलाकार, समाजसेवी र सहयोगदाताहरुलाई सम्मान प्रदान गरिएको थियो। त्यसैगरी, हाल चर्चित र दर्शकप्रिय हास्य टेलिशृङ्खला ‘अमुइनी’ का कलाकार टोलीलाई पनि उनीहरूको योगदानको कदर गर्दै सम्मान अर्पण गरिएको आयोजक समितिले जनाएको छ। महिला सहभागितालाई प्रोत्साहन गर्न विशेष महिला मैत्रीपूर्ण खेल समेत आयोजना गरिएको थियो, जसमा धजे बस्ती र मगरजोङ बहादुर गाउँ महिला दलबीच प्रतिस्पर्धा भएको थियो। खेलमा मगरजोङ बहादुर गाउँकी महिला टोली विजयी बन्न सफल भयो। मुख्य प्रतियोगिताको अन्तिम चरणमा नागरी फार्म आउटपोस्ट र मगरजोङ निज गाउँबीच रोमाञ्चक खेल भएको थियो। निर्धारित समयसम्म दुवै टोलीले एक–एक गोल गर्दै बराबरी खेलेका थिए। अन्ततः पेनाल्टी शूटआउटमा मगरजोङ निज गाउँ विजयी बन्यो। विजेता टोलीलाई “स्वर्गीय सन्देश सुब्बा स्मृति ट्रफी” र नगद रु ५०,००० प्रदान गरियो भने उपविजेता नागरी फार्म आउटपोस्टलाई मगरजोङ बहादुर गाउँका समाजसेवी टार्जन प्रधान तथा परिवारद्वारा प्रायोजित ट्रफी र नगद रु ३०,००० पुरस्कारस्वरूप  प्रदान गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ