खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

Share this news

खरसाङ, (निसं): अहिले खरसाङमा चिसो निकै बढ़ेको छ। मंगलवार खरसाङको न्यूनत तापमान 10-11 डिग्री सेल्सियस अनि अधिकतमा तापमान 20-21 डिग्री सेल्सियस मापन गरिएको थियो। दिउँसो घाम लाग्ने गरेकोले मानिसहरूले अधिक जाड़ोबाट केही राहत अनुभव गरिरहेका छन्‌‍ भने रातको समयमा कठ्याङ्ग्रिने जाड़ोको सामना गरिरहेका छन्‌‍। दिसम्बर महिनाको अन्त अनि जनवरी महिनाको आरम्भमा अझ चिसो बढ़ने अनुमान लगाइएको छ। खरसाङ्का अनुभवी व्यक्तिहरू अब एक पल्ट हल्का वर्षा अथवा उच्च स्थानहरूमा हिमपात भएपछि अझ चिसो बढ़ने बताइरहेका छन्‌‍। चिसो मौसम शुरु हुन साथै खरसाङ्का धेरै विद्यालयहरूमा शीतकालिन बिदा भइरहेको छ भने कतिपय विद्यालयहरू अझसम्म सञ्चालनमा रहेका छन्‌‍। कतिपय विद्यालयमा माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएससीको कोचिङ चलिरहेको अथवा विद्यार्थीहरू विभिन्न कोचिङ सेन्टर वा शिक्षक-शिक्षिकाहरू कहाँ ट्युशन पढ़न गाइरहेका छन्‌‍। यसरी कोचिङ क्लास, ट्युशन जाने अनि विद्यालय जाने विद्यार्थीहरूले यो चिसो मौसमको सामना न्यानो लुगा लगाएर गरिरहेका छन्‌‍। चिसो मौसमको कारण वृद्ध-वृद्धा, रोगी, अशक्त, शिशुहरूलाई निकै समस्या भइरहेको थाहा लागेको छ। शरीर तातो राख्नको निम्ति मानिसहरूले न्यानो लुगा, हिटर, ब्लोवर, आगोको सहारा लिइरहेका छन्‌‍ भने यस समय तातो चिया अधिक बिक्री भइरहेको छ। यो शीतकालको जाड़ोदेखि बाँच्नको निम्ति खरसाङ्का निकै मानिसहरू सिलगढ़ी, सिलगढ़ी संलग्न स्थान अनि अन्य स्थानतिर गएका छन्‌‍।


Share this news
आजको रोजाइ
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

आजको रोजाइ