28 नम्बर समष्टि सभासद् अनि भागोप्रमो 313 को साथमा

Share this news

खरसाङ,  (निसं)ः वर्तमानमा चलिरहेको 313 शिक्षक-शिक्षिकाहरूको संघर्षमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 28 न0 समष्टिका पदअधिकारीगण साथै समष्टि सभासद्ले आफूहरू साथ रहेको बताएका छन्‌‍।

सभासद्‌‍ श्याम शेर्पा अनि पार्टीका प्रतिनिधिहरूले शिक्षक-शिक्षिकाहरूलाई चोर दैलोबाट पसेको भनेर लगाएको लाञ्छनाप्रति घोर भर्त्सना जनाएका छन्‌‍। आफ्नो जीवनको बहुमूल्य समय दिएर विधार्थीहरुको भविष्य निर्माणको लागि दिएको योगदानको अवश्य नै मूल्याङ्कन हुनेछ भनी तिनीहरूले बताएका छन्‌‍। 313 शिक्षक-शिक्षिकाहरूको अवश्य नै जित हुनेछ छ भनी विश्वास प्रकट गर्दै परेको खण्डमा मलम लगाउनु नसके, नुन छर्कने काम गर्न नहुने, यस विषयमा सस्तो राजनीति नगरिदिने अनुरोध सभासद्‌‍ अनि पार्टी प्रतिनिधिहरूले गरेका छन्‌‍।

सभासद्‌‍ शेर्पाले भने, अहिले 313 शिक्षक-शिक्षिकाहरूलाई चोर दैलोबाट पसेको भनी जुन लाञ्छना लगाइएको छ, यसको हामी खुलेर घोर भर्त्सना गर्छौँ। हामी ती सम्पूर्ण संघर्षरत शिक्षक-शिक्षिकाहरूको साथमा छौँ। अहिले ती शिक्षक-शिक्षिकाहरूको गाँस खोस्ने प्रयास भइरहेको छ, यसको हामी विरोध गर्छौँ। हामी हर-हमेशा ती शिक्षकहरूको साथमा छौँ। शिक्षक-शिक्षिकाहरूलाई हामी हतास नहुने अग्रह गर्दछौँ। हामीलाई विश्वास छ शिक्षक-शिक्षिकाहरूको जीत अवश्यै हुनेछ।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 28 नम्बर समष्टि सांगठनिक सचिव एवं महकुमा समिति कार्यकारिणी समिति सदस्य प्रेम बम्जनले भने, अहिले 313 शिक्षक -शिक्षिकाको मामिलामा न्यायलयमा सुनवाई भइरहेको छ। ती सम्पूर्ण शिक्षक-शिक्षिकाको साथमा भागोप्रमोको 28 नम्बर समष्टि छ। ती शिक्षक-शिक्षिकाहरूले विभिन्न विद्यालयमा अध्यापन गरेर आफ्नो परिवार चलाइरहेका थिए। अहिले पहाड़मा शान्ति छ र विकासका कार्यहरू भइरहेका छन्‌‍। विपक्षी पार्टीहरूले विकासको कार्यमा बाधा उत्पन्न गर्ने कर्य गरिरहेका छन्‌‍। हामी ती शिक्षक-शिक्षिकाहरूलाई यस विषयमा कुनै चिन्ता नगर्ने अनुरोध गर्छौँ। हाम्रो जीटीए मुख्य कार्यपाल पनि यस मामिलामा लागिपरेका छन्‌‍। पहाड़का सम्पूर्ण जनता यस समय शिक्षक-शिक्षिकाहरूको साथमा छन्‌‍, हामी शिक्षक-शिक्षिकाहरूलाई साथ दिनेछौँ। दिन्


Share this news
आजको रोजाइ
गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

नक्सलको जबरामा चितुवा पक्राऊ, मजदुरहरूले पाए राहत

नक्सलको जबरामा चितुवा पक्राऊ, मजदुरहरूले पाए राहत

28 नम्बर समष्टि सभासद् अनि भागोप्रमो 313 को साथमा

28 नम्बर समष्टि सभासद् अनि भागोप्रमो 313 को साथमा

फोहोर-मैलामा झुत्तिने कुकुरहरूसित सतर्कता अपनाउन आवश्यक

फोहोर-मैलामा झुत्तिने कुकुरहरूसित सतर्कता अपनाउन आवश्यक

आजको रोजाइ