'Bal Bhav Lahari' written by Kubir Pradhan

कुबीर प्रधानद्वारा लिखित ‘बाल भाव लहरी’को लोकार्पण

Share this news

साहित्यकार कुबीर प्रधानद्वारा लिखित सचित्र बाल गीत संग्रह ‘बाल भाव लहरी’ महानदीमा सम्पन्न एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।‌ यो कार्यक्रमको अध्यक्षता महानदी सिविटार वरिष्ठ नागरिक कल्याण समाजको संस्थापक एवं स्प्रिङडेल एकादमी सिविटारका प्राचार्य शरणकुमार राईले गरेका थिए भने प्रमुख अतिथिको रुपमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा साहित्यकार दिपक प्रधान, महानदी सिविटार वरिष्ठ नागरिक कल्याण समाजको सचिव बीरुनारायण प्रधान, समाजसेवी सूर्यनारायण प्रधान, कवि मिलन प्रधान उपस्थित रहेका थिए। कवि एवं पत्रकार हनोक थापाले सञ्चालन गरेको‌ कार्यक्रममा स्वागत सम्भाषण सकिल प्रधानले राखेका थिए। कार्यक्रममा साहित्यकार कुबीर प्रधानको साहित्यिक परिचय हनोक थापाले राखेका थिए। यसै कार्यक्रममा कुबीर प्रधानद्वारा लिखित तेस्रो कृति सचित्र बाल गीत संग्रह ‘बाल भाव लहरी’ सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु लगायत हिरा प्रधान, लेखक कुबीर प्रधान र उनकी पत्नी आशा प्रधान आदिको बाहुलीबाट विधिवत् रूपमा लोकार्पण गरिएको थियो। लेखक कुबीर प्रधानले यो बाल भाव लहरी’ पुस्तक लेख्नुको उद्देश्य र औचित्य विषयमा बोल्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिए। लेखक कुबीर प्रधानले यसभन्दा अघि तीनवटा कृतिहरु – ऊ फेरि फर्केन (कथा संग्रह -2014), मैले गीत लेखेछु, मैले‌ प्रीत लेखेछु’ (गीत संग्रह -2024) र यो ‘बाल भाव लहरी’ (2025) प्रकाशित भइसकेका छन्।


Share this news
आजको रोजाइ
शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित

सल्लाहकार, अध्यक्ष र पञ्चायतका ओएसडीलाई स्वागत

सल्लाहकार, अध्यक्ष र पञ्चायतका ओएसडीलाई स्वागत

चम्पासरी नेपाली साहित्य परिषदको २५औं मासिक सभा

चम्पासरी नेपाली साहित्य परिषदको २५औं मासिक सभा

पहिलो ऐतिहासिक गोल्ड कप सौहार्दपूर्ण रुपमा सञ्चालन

पहिलो ऐतिहासिक गोल्ड कप सौहार्दपूर्ण रुपमा सञ्चालन

सभासद मिलेस राईकाे सक्रिय पहलमा यातायात सुचारू

सभासद मिलेस राईकाे सक्रिय पहलमा यातायात सुचारू

कुबीर प्रधानद्वारा लिखित ‘बाल भाव लहरी’को लोकार्पण

कुबीर प्रधानद्वारा लिखित ‘बाल भाव लहरी’को लोकार्पण

विधायक शर्माद्वारा जुद्धबीर दर्जीको एसजीएवाइ घरको उद्घाटन

विधायक शर्माद्वारा जुद्धबीर दर्जीको एसजीएवाइ घरको उद्घाटन

बाग्राकोट माविका प्रधानाध्यापक शर्मालाई द्रोणाचार्य अवार्ड

बाग्राकोट माविका प्रधानाध्यापक शर्मालाई द्रोणाचार्य अवार्ड