'Bal Bhav Lahari' written by Kubir Pradhan
'Bal Bhav Lahari' written by Kubir Pradhan

कुबीर प्रधानद्वारा लिखित ‘बाल भाव लहरी’को लोकार्पण

Share this news

साहित्यकार कुबीर प्रधानद्वारा लिखित सचित्र बाल गीत संग्रह ‘बाल भाव लहरी’ महानदीमा सम्पन्न एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।‌ यो कार्यक्रमको अध्यक्षता महानदी सिविटार वरिष्ठ नागरिक कल्याण समाजको संस्थापक एवं स्प्रिङडेल एकादमी सिविटारका प्राचार्य शरणकुमार राईले गरेका थिए भने प्रमुख अतिथिको रुपमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा साहित्यकार दिपक प्रधान, महानदी सिविटार वरिष्ठ नागरिक कल्याण समाजको सचिव बीरुनारायण प्रधान, समाजसेवी सूर्यनारायण प्रधान, कवि मिलन प्रधान उपस्थित रहेका थिए। कवि एवं पत्रकार हनोक थापाले सञ्चालन गरेको‌ कार्यक्रममा स्वागत सम्भाषण सकिल प्रधानले राखेका थिए। कार्यक्रममा साहित्यकार कुबीर प्रधानको साहित्यिक परिचय हनोक थापाले राखेका थिए। यसै कार्यक्रममा कुबीर प्रधानद्वारा लिखित तेस्रो कृति सचित्र बाल गीत संग्रह ‘बाल भाव लहरी’ सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु लगायत हिरा प्रधान, लेखक कुबीर प्रधान र उनकी पत्नी आशा प्रधान आदिको बाहुलीबाट विधिवत् रूपमा लोकार्पण गरिएको थियो। लेखक कुबीर प्रधानले यो बाल भाव लहरी’ पुस्तक लेख्नुको उद्देश्य र औचित्य विषयमा बोल्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिए। लेखक कुबीर प्रधानले यसभन्दा अघि तीनवटा कृतिहरु – ऊ फेरि फर्केन (कथा संग्रह -2014), मैले गीत लेखेछु, मैले‌ प्रीत लेखेछु’ (गीत संग्रह -2024) र यो ‘बाल भाव लहरी’ (2025) प्रकाशित भइसकेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ