Champasari Nepali Sahitya Parishad
Champasari Nepali Sahitya Parishad

चम्पासरी नेपाली साहित्य परिषदको २५औं मासिक सभा

Share this news

चम्पासरी नेपाली साहित्य परिषद, सिलगढीद्वारा आयोजना गरिएको पच्चीसौं मासिक साहित्यिक सभा शुक्रबार सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। परिषदकी अध्यक्षा श्रीमती सुषमा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्थानीय कवि तथा साहित्यप्रेमीहरूको सक्रिय सहभागिता रहेको थियो। सभामा क्रमशः निर्मला न्यौपाने, लीला छेत्री, राधाश्री मोक्तान, रत्ना चौलागाईं, मुना बराल, सुषमा गुरुङ र सञ्जीव श्रीमलले आफ्ना स्वरचित कविता वाचन गरिएको थियो। कविताहरूमा सामाजिक यथार्थ, मानवीय संवेदना, संस्कृति र देशभक्तिको गहिरो भाव अभिव्यक्त भएको थियो। सभा लीला छेत्रीले सञ्चालन गरेकी थिइन्। कविता वाचनसँगै सभामा नेपाली भाषा, साहित्य र यसको समकालीन अवस्थाबारे पनि चर्च-परिचर्चा गरियो। यसक्रममा उक्त महिनामा पुण्यतिथि रहेका साहित्यकार तथा सङ्गीतकारहरूलाई श्रद्धापूर्वक सम्झना गरियो। यसका साथै सभाको बीचमा निर्मला न्यौपानेले सुन्दर नेपाली लोकगीत गाएर सबैलाई मक्ख पारिन्। परिषदले आयोजना गर्ने कार्यक्रमले स्थानीय स्तरका प्रतिभाहरूलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने मञ्च प्रदान गरेको छ। परिषदको यो निरन्तर साहित्यिक अभियानले स्थानीय स्रष्टा र साहित्यप्रेमीहरूहरूमा थप ऊर्जा र उत्साह थप्ने कार्य गरेको छ। सभाको अन्त्यमा परिषदकी अध्यक्षा सुषमा गुरुङले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी महिनाहरूमा अझ विविध र प्रभावशाली साहित्यिक कार्यक्रमहरूको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ