नगरनिगमको बैठक कक्षमा आशा कर्मीहरूको प्रशंसनीय कामको लागि सम्मान प्रदान गरियो साथै मुख्यमन्त्रीद्वारा पठाइएको शुभकामना सन्देश उनीहरूको हातमा हस्तान्तरण गरियो। उल्लेखनीय छ, मुख्यमन्त्रीको पहलमा राज्यका सबै आशा कार्यकर्ता र आगनवाडी कर्मीहरूलाई एकपटकको १०,००० रुपैंया दिइएको छ ताकि उनीहरूले राज्यका सबै माताहरू अनि नानीहरूलाई अझ उत्कृष्ट सेवा पुर्याउन सकून् भन्ने उद्देश्य राखिएको नगरनिगमका उपमेयर रञ्जन सरकार राणाले बताएका छन्।










