शिक्षकहरुको समस्य लिएर आज अनित थापा कलकत्ता प्रस्थान 

Share this news

दार्जीलिङ,19 दिसम्बर(निसं): 313 शिक्षकहरूको मुद्दाबारे अनित थापा शुक्रबार कोलकाता प्रस्थान गर्ने भएको कुरा राख्दै भावनाले होइन, बुद्धिले राजनीति गरौं भनी जीटीए (गोर्खाल्याण्ड टेरिटोटियल एड्मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापाले बताएका छन्। अनित थापाले भनेका छन्, 313 जना शिक्षकहरूको नियुक्ति अवैध ठहरिएको कोलकाता हाई कोर्टको आदेशले स्थानीय क्षेत्रमा चर्को असन्तुष्टि उत्पन्न गरिरहेकै बेला जीटीए प्रमुख अनित थापाले शिक्षकहरूको पक्षमा निर्णायक पहल थालेका छन्। उनले भनेका छन्, भोलि नै कोलकाता जाँदैछु, मैले सरकारसँग छलफल गरिसकेकोछु। यो मुद्दा हामी राजनीतिक र कानुनी दुवै मोर्चामा लड्नेछौं।
थापाले, बिहिबार दार्जीलिङ आयोजित शिक्षक प्रतिनिधिसँगको भेटमा  आन्दोलनरत शिक्षकहरूलाई सम्बोधन गर्दै भने, 313 जनाको यो लडाइँ न्यायको लडाइँ हो। राजनीति गर्नु पर्छ, तर गाँस खाने राजनीति गर्नु हुँदैन। पहाडमा गाँस दिनेभन्दा खोस्ने धेरै छन्।
उनले थपे, तपाईंहरूको लडाइँ म पहिले पनि लडेको हुँ, आज पनि लड्नेछु। कोर्ट र सरकारले आफ्नो काम गरिरहेका छन्, तर यो अवस्था ल्याउनेहरू नै दोषी हुन्। हाम्रो समयमा उठेको समस्या हाम्रो समयमा समाधान हुनेछ। थापाले आन्दोलनरत शिक्षकहरूलाई धैर्य र विवेक कायम राख्न आग्रह गर्दै भने, अब हृदयले होइन, दिमाग लगाएर राजनीति गर्नु पर्छ। पैसा छ भन्दैमा अर्काको गाँस खोस्ने कुरामा पैसा हाल्नु हुँदैन। अन्ततः त्यही पैसाले उसलाई पिरोल्ने छ। जीटीए प्रमुखले 313  शिक्षकहरूको नियुक्ति र वैधानिकताको विषयमा पश्चिम बंगाल सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी भएको जनाएका छन्। उनले दृढ स्वरमा भने, हाम्रो कानुनी लडाइँ जारी छ। शिक्षकहरू हतास नबन्नुहोस्, कुरा सकिएको छैन, सुरू भएको मात्रै हो।
यसैबीच, आन्दोलनकारी शिक्षकहरूको सङ्गठनले अनिश्चितकालीन विद्यालय बन्दका क्रममा आगँहको रणनीति तयार पार्दै दार्जिलिङबाट न्यायका लागि पहाड एकजुट अभियान निरन्तरता दिइरहेको जनाएकोछ।

Share this news
आजको रोजाइ
फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

आजको रोजाइ