अनित थापाले 313 को प्रतिष्ठा बचाएः युवा शक्ति

Share this news

खरसाङ, (निसं): 313 जना शिक्षक शिक्षिकाहरुको नोकरीमा लागेको कालो बादल लागेको थियो र शिक्षक शिक्षिकाहरुको प्रतिष्ठालाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बचाएको युवा शक्तिको केन्द्रीय प्रवक्ता अनित खातीले बताएका छन्‌‍। उनले आज एक भिडियो जारी गर्दै शिक्षक जस्तो पवित्र पेशामाथि जुन प्रकारको लाञ्छना र बयानबाजी चलिरहेको थियो। यसलाई कोर्टले शिक्षक शिक्षिकाहरु अवैध होइन भनेर स्टे अर्डर लगाएपछि यस कार्यमा अनित थापाको मुख्य भूमिका रहेको बताएका छन्‌‍।

उनले 313 जना शिक्षक शिक्षिकाहरुको पक्षमा अभिभावकको रुपमा खडा भएर 313 वटा घरहरु लगायत परिवारहरुमा उज्यालोपन छाएको बताएका छन्‌‍। उनले यसको श्रेय अनित थापालाई दिन्दै यसको लागि सम्पूर्ण युवाहरुको तर्फबाट जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्‌‍। युवा शक्ति केन्द्रीय प्रवक्ता अनित खातीले यो लडाई जारी रहने र गाँस खोस्नेलाई होइन तर गाँस जुटाउनेकै जीत हुन्छ भनी बताएका छन्‌‍।

उनले भने, अहिले पहाडमा दानव प्रवृत्ति र मानव प्रवृत्तिमाझ लडाई छ। एकापट्टि जनतालाई नढाँटी राजनीति गर्ने प्रवृत्ति छ भने अर्कोतिर अर्काको आँशु देख्न चाहाने, अर्काको चोट देख्न चाहाने संस्कार छ जुन बन्द गरिनुपर्छ। अहिले पहाड अनित थापाको सोचमा हिँडिरहेछ। अनित थापा यथार्थवादी नेता हुन्‌‍। उनकै विचारधारामा हामी अघि बढ्नुपर्छ।ङ्गप्रवक्ता अनित खातीले अघि भने, यहाँ कुनै तथ्यबिना नै नकरात्मक प्रभाव पार्ने कुराहरु मात्र बोल्ने चलन छ। तर यस्ता नकरात्मक प्रभाव पार्ने कुराहरुलाई मास्ने र सक्ने प्रयास गरिनुपर्छ।


Share this news
आजको रोजाइ
पर्दामा हिमाली भेकको यथार्थ उतार्दै विवेक

पर्दामा हिमाली भेकको यथार्थ उतार्दै विवेक

Oplus_131072

सरकारले घुँडा टेकिसकेको आन्दोलनलाई विफल बनाइरहेछन्

क्रिस्मस पालन गर्ने परम्परा अनि यसको इतिहास

क्रिस्मस पालन गर्ने परम्परा अनि यसको इतिहास

सुलोचनाको क्यालीग्राफी संसार: अक्षरमा नेपालीपनको सौन्दर्य

सुलोचनाको क्यालीग्राफी संसार: अक्षरमा नेपालीपनको सौन्दर्य

अनित खाती

अनित थापाले 313 को प्रतिष्ठा बचाएः युवा शक्ति

आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति सम्मान जनाइयो

आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति सम्मान जनाइयो

अनित थापाले वृद्ध-वृद्धाहरूसित क्रिशमस मनाए

अनित थापाले वृद्ध-वृद्धाहरूसित क्रिशमस मनाए

बिहीवारे हाटमा न्यानो लुग धेरै बिक्री

बिहीवारे हाटमा न्यानो लुग धेरै बिक्री

रोहिणी रोडमा गएको पैह्रोको कारण सम्पूर्ण क्षेत्रलाई समस्या: कल्पना प्रधान

रोहिणी रोडमा गएको पैह्रोको कारण सम्पूर्ण क्षेत्रलाई समस्या: कल्पना प्रधान

खरसाङमा क्रिशमस हर्षोल्लासको साथमा पालन

खरसाङमा क्रिशमस हर्षोल्लासको साथमा पालन