IGJF election planning
IGJF election planning

सांगमा टर्जम क्षेत्रको समर्थकहरूले आइजीजेएफलाई जनाए समर्थन

Share this news

पुजा बोनसको समयमा दुख पाएको दिनहरू हामीले भूल्न हुँदैन भन्दै राजीब राईले चिया श्रमिकहरूलाई विगतको स्मरण गराए। पोख्रेबुङ 15 नम्बर समष्टि अन्तर्गत सांगमा र टर्जम क्षेत्रबाट 13 परिवारहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्टलाई समर्थन जनाएका छन्।समर्थनको कार्यपछि इण्डियन गोर्खा जनशक्ति फ्रण्टको ग्राम पंचायत दुईको कोअर्डिनेटर राजीब राईले दार्जीलिङ पहाडमा अहिले परिवर्तनको लहर चलेको छ।त्यसैकारण आइजीजेएफमा समर्थन जनाउनेहरूको ओइरो लागेको छ। हामी सबै चिया बगानहरूबाट आएका हौं। सालैपछि पुजा बोनसको समयमा हामी सडकमा ओर्लिनु पर्छ, हामीले हाम्रो हक र अधिकार पाउनु पनि सडकमा ओर्लिनु पर्ने बाध्यता छ, अब उसो त्यस्तो गर्न नपरोस भनेर हामी एकबद्ध हुन पर्छ अनि पहाडमा परिवर्तन ल्याउनै पर्छ।

गत वर्ष 2026 को विधानसभा चुनावलाई हेरेर यिनीहरूले 20 प्रतिशत पूजा बोनस दिएको हो। त्यस भन्दा अघिल्लो वर्षको पुजा बोनसहरूलाई हेर्ने हो भने तपाईं हामीलाई यिनीहरूले सताउनुसम्म सताएका छन्। हामी वर्षभरी खटिएको पुजा बोनस पाउनलाई सडकमा ओर्लिनु परेको थियो, यिनीहरूले हामी चिया श्रमिकहरूलाई सताउनुसम्म सताएको हो।पहाड भष्ट्रचारमा चुर्लुम्म डुबेको छ। अजय एडवर्डसको हातलाई दह्रिलो बनाएर हामीले पहाडमा परिवर्तन ल्याउनै पर्छ।

अर्कोतिर कैंजले-रेलिङ समष्टिका युवाहरु एडवर्डसको विचारलाई समर्थन गर्दै आइजीजेएफमा सामेल भएका छन्। यी युवाहरू सुम्बुक स्थित सार्वजनिक भवनमा आइजीजेएफको एउटा सभा अमर खेवाको सभापतित्वमा बसेको सभामा सामेल भएका हुन्। सभामा समष्टि बाट संयोजक अर्जुन लामाको नेतृत्वमा विभिन्न युवाहरुले अजय एडवर्ड को विचार लाई समर्थन गर्दै पार्टीमा सामेल भए।
सभामा समष्टिको पक्षबाट प्रतिनिधिहरू अमर खेवा, दोर्जे तामाङ, सुधन सुब्बा, सन्जिब राई, प्रशान्त गुरुङ, सन्दीप यक्सो, अनिल प्रधान, पुरण तामाङ करण क्षेत्री आदी उपस्थित थिए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ