एसबीएसका अध्यक्ष डी.बी. गुरुङ च्याखुङमा आयोजित १८ औं एलडी काजी मेमोरियल गोल्ड कप फुटबल प्रतियोगिता २०२५ को छैटौं दिनमा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। उनीसँग एसबीएसका एमडी फुर्बा वाङ्दी भुटिया, एसबीएसका सीजीएम सन्ति राम कार्की, ए.बी. सुब्बा, सचिव आर एन्ड बी बसन्त तामाङ, मुख्य इन्जिनियर आर एन्ड बी जिग्मे भुटिया, सीइ नवीन गुरुङ, एसइ पाक्योङ्ग तारा सुब्बा, एसइ आर एन्ड बी सोरेङ, पिटर लेप्चा, जिल्ला संयुक्त सचिव, एसकेएम पार्टी (सोरेङ), ग्यालछिरिङ लेप्चा, पालिका अध्यक्ष, सुलदुङ-काम्लिङ जीपीयु अनि सोरेङ जिल्ला सडक तथा पुल विभागका कर्मचारीहरू उपस्थित रहेका थिए।











