भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा मार्गरेट्स होप क्षेत्रमा विकासका कार्यहरू भईरहेको दाबी

Share this news

सोनादा, (निसं): टुङ सन्त मेरिज समष्टिको भागोप्रमो प्रतिनिधि टोलीले अनित थापाले गरेका विकासको कामहरु र उपलब्धिहरुको सराहना गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रन्टका एक-दुई व्यक्तिहरूले गाउँका मानिसहरूलाई भड्काउने कार्य गरेको आरोप लगाएका छन्‌‍। यस विषयमा एक भिडियो जारी गर्दै दिपेन्द्र सुब्बाले मार्गरेट्स होप क्षेत्रमा जीटीए प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको नेतृत्वमा विकासको कार्य भईरहेको दाबी गरेका छन्‌‍। उनले टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा साथै मार्गरेट्स होप र बालासान क्षेत्रका भागोप्रमो प्रतिनिधिहरुलाई लिएर प्रेस भेला बोलाएर यस क्षेत्रमा विपक्षी दलले विकास नभएको भन्ने कुराको खण्डन गरेका छन्‌‍। उनले केही समय अघि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले सामाजिक सञ्जालमा दुई महिनाभित्रमा पुल निर्माणको कार्य शुरु गरिने भन्ने विषय राख्दै विकास नभएको ठाउँ भनेर सामाजिक सञ्जालमा हालेको भन्दै विरोध जनाएका छन्‌‍। उनले यस क्षेत्रमा पुल निर्माण गरिदिने भनेर जीटीए प्रमुख अनित थापा र क्षेत्रीय सभासद नुरी शेर्पाले यस क्षेत्रलाई अनदेखा गरेको जस्तो प्रचार गरिएको तर उहाँहरु यस क्षेत्रको विकासमा कटिबद्ध रहेको र विकासका कार्यहरू पनि भईरहेको बताएका छन्‌‍। उनले यस क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा र क्षेत्रीय सभासद नुरी शेर्पाको अगुवाई र पहलमा विकासका कार्यहरु भईरहेको र कतिवटा हुनेवालाहरु रहेको साथै विकासको कामहरु लगातार रुपमा चलिरहेको पनि बताएका छन्‌‍। उनले यसरी सामाजिक सञ्जालमा नकरात्मक कुराहरु फैलाउने कार्य गरिएकोमा विरोध पनि जनाएका छन्‌‍।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान