विद्यार्थी महासंघको आयोजनामा तर्क प्रतियोगिता आयोजना

Share this news

खरसाङ , (निसं): अखिल भारतीय गोर्खा विद्यार्थी महासंघको आयोजनामा 34 औँं भाषा मान्यता दिवसलाई मध्य नजर गर्दै जीटीए स्तरीय तर्क प्रतियोगिता आयोजना भईरहेको छ। यसै अनुसार पहिलो चरणको तर्क प्रतियोगिता अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको आयोजनामा खरसाङ महाविद्यालयमा सम्पन्न भएको छ। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बल उपस्थित रहेका थिए। यस तर्क प्रतियोगितामा चारवटा महाविद्यालयले सहभागिता जनाएका थिए जसमा खरसाङ महाविद्यालय, दार्जीलिङ पोलिटेकनिक कलेज खरसाङ, सोनादा डिग्री कलेज र सलेशियन कलेज सोनादा रहेका थिए। यस तर्क सभाको अध्यक्षता सालुगढ़ा हाई स्कूलका नेपाली विषयका शिक्षक सागर शर्माले गरेका थिए। तर्क प्रतियोगितालाई शिक्षक दिव्यत्तम अधिकारीले सञ्चालन गरेका थिए। यस तर्क सभाको विषय अंग्रेजी भाषाको अत्याधिक प्रयोगले नेपाली भाषा संकटमा छ कि छैन रहेको थियो। यसमा खरसाङ महाविद्यालय पक्षमा रहेको थियो अनि यस तर्क प्रतियोगितामा खरसाङ महाविद्यालयले सर्वाधिक अंक ल्याएर प्रथम हुँदै दार्जीलिङ्को अघिल्लो प्रतियोगिताको लागि चयन भएको छ। अब आगामी 9 अगस्तमा दार्जीलिङ्मा हुने सेमी फाइनलमा खरसाङ महाविद्यालय र कालेबुङ्माझ हुने भएको छ। यस कार्यक्रममा स्वागत सम्भाषण अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समिति महासचिव दयाराम शर्माले राखेका थिए भने धन्यवाद ज्ञापन तीनधारे महानदी समष्टिका सभापति सुभम प्रधानले राखेका थिए। अखिल भारतीय गोर्खा विद्यार्थी महासंघले भाषाप्रति माया र यसको संरक्षणको लागि पहल गर्दै तर्क प्रतियोगिता आयोजना गरिएको जानकारी महासचिव दयाराम शर्माले दिएका छन्‌‍। यस तर्क प्रतियोगितामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटी सभापति राजु शर्मा, कार्यवाहक सचिव बीरबल पाखरीन, नारी शक्ति खरसाङ महकुमा समितिका सभापति सबिता कार्की, रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी शिक्षिका गोमा सुब्बा लगायत अन्यहरु उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ