भानु वेलफेयर सङ्गठनले आफ्नो पाँचौँ स्थापना दिवस पालन गऱ्यो

Share this news

खरसाङ, 20 जुलाई (निस): भानु वेलफेयर सङ्गठनले आफ्नो पाँचौँ स्थापना दिवस आइतवार पालन गरेको छ। खरसाङ नगरपालिका अन्तर्गत 18 नम्बर वार्डमा सञ्चालित भानु वेलफेयर सङ्गठनको पाँचौँ स्थापना दिवस पालन सङ्गठनकी अध्यक्षा शशी थापा आलेको घरको प्रागणमा कार्यक्रमको आयोजना गरेर पालन गरिएको हो। उक्त स्थापना दिवस कार्यक्रम विषयमा जानकारी दिँदै शशी थापाले भनिन्‌‍, यो सङ्गठन महिलाहरूद्वारा सञ्चालित समाज सेवाको मा नै अधिकतर कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौँ। अब आउने दिनहरूमा सङ्गठनले नगरपालिका, स्थानीय प्रशासनसँग मिलेर संयुक्त रूपमा कार्यक्रम गर्ने निर्णय गरेको छ। कार्यक्रममा सङ्गठनका सबै महिला सदस्यहरू अनि कानुनी सल्लाहकार अधिवक्ता विशाल लामाको उपस्थिति रहेको थियो। सङ्गठनका सचिव सरोज चौहानले वर्ष भरी आयोजना गरिएको कार्यक्रमको रिपोर्ट बुझाइन्‌‍, कोषाध्यक्ष अमृता शर्माले आय-व्ययको हिसाब बुझाइन्‌‍। सचिव चौहानले यस कार्यक्रम बारेमा बताउदै भनिन्‌‍, स्थापना दिवस सङ्गठनको निम्ति खुशी मनाउने अनि भविष्यलाई हेर्ने दिनको रूपमा हामीले मनाउने निधो गरेका थियौँ। त्यसैले हामीले केक काटेर सबैलाई शुभकामना दियौँ। हामीले गरेका उपलब्धिहरूको चर्चा गर्यौँ। सङ्गठन कुनै क्लब होइन, त्यसैले संगठनलाई जीवन्त राख्न वार्डमा मात्र सीमित नरहेर वार्डदेखि बाहिर पनि सेवा पुऱ्याउने हामीले आज निणर्य लिएका छौँ। महिलाहरू हाम्रो सेवाका केन्द्र हुन्‌‍। आगामी दिनमा हाम्रो समाजमा महिलाहरूले भोग्दै गरेको समस्याहरूलाई लिएर सङ्गठनले जागरूकता कार्यक्रमदेखि महिलाहरूको अधिकार प्राप्तीसम्मको निम्ति कार्यक्रमहरू गर्ने निर्णय भएको छ। सन्‌‍ 2020 मा स्थापित भएको भानु वेलफेयर सङ्गठन एक पञ्जीकृत सङ्गठन हो। सङ्गठनले निःशुल्क स्वाथ्य शिविर, पर्यावरण संरक्षण, पीड़ितहरूलाई राहत, वार्ड सफाई जस्ता कार्यक्रमहरू गर्दै आएको छ।


Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

आजको रोजाइ