Trump claims Zelensky is still not ready to sign the peace proposal
Trump claims Zelensky is still not ready to sign the peace proposal

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

Share this news

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्की शान्ति वार्तामा हस्ताक्षर गर्न अनिच्छुक रहेको आरोप दोहोर्याएका छन्। मियामीमा तीन दिनसम्म चलेको अमेरिकी र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता शनिबार सकिएपछि ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्। ट्रम्पका अनुसार, रुस–युक्रेन युद्ध अन्त्यका लागि वाशिङ्टनले कूटनीतिक पहललाई तीव्र पारिरहे पनि जेलेन्स्कीले शान्ति प्रस्तावप्रति आवश्यक गम्भीरता नदेखाएको दाबी छ। आइतबार राति पत्रकारहरूसँग बोलेका उनले भने, “राष्ट्रपति जेलेन्स्कीले अझैसम्म प्रस्ताव पूरा रूपमा पढेका छैनन् भन्ने सुन्दा मलाई दुःख लाग्छ। उनका नागरिकहरू शान्तिको पक्षमा छन्, मेरो बुझाइमा रुस पनि वार्तामा रुचि राख्छ। तर जेलेन्स्की तयार भइसकेका छन् कि छैनन् भन्नेमा म आश्वस्त छैन।”

जेलेन्स्कीले भने अमेरिकाको प्रयासलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै शान्तिका लागि सहकार्य जारी रहने बताएका छन्। युक्रेन सधैं शान्तिमै अडिग रहेको र अमेरिकासँग मिलेर कूटनीतिक मार्ग खोज्ने बताए।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले व्हाइट हाउसले अघि सारेको शान्ति प्रस्तावलाई हालसम्म औपचारिक रूपमा स्वीकार गरेका छैनन्। गत सातामा उनले ट्रम्पको प्रस्ताव व्यावहारिक नभएको टिप्पणी गरेका थिए।

रुस र युक्रेनबीचको पछिल्लो वार्ता प्रयास पनि भूमी र सुरक्षा सम्बन्धी जटिलतामा अड्किएको छ। युद्धमा कब्जा गरिएका क्षेत्रहरू रुससँगै रहने उनीहरूको आग्रह छ, जसलाई युक्रेनले मान्न अस्वीकार गरेको छ। साथै, युक्रेनले नाटोमा नजाने कागजी प्रतिबद्धता चाहिएको रुसको माग छ। यता, युक्रेनले भविष्यमा रुसबाट पुनः आक्रमण नहुने सुरक्षा ग्यारेन्टी खोजिरहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ