भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

Share this news

खरसाङ, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तत्वधानमा एक सभा टाउन कमिटीको सभापति राजु शर्माको अध्यक्षता अनि मूल सचिव बिरबल पाखरीनको सञ्चालनमा सम्पन्न भयो। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापाको परामर्श अनि अनुमोदनद्वारा खरसाङ टाउन कमिटीको कार्यकारिणी सदस्यहरूलाई पदोन्नति साथै आधिकारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरिएको छ। शुरूमा भरखरै मात्र देहान्त भएका वार्ड नम्बर 2 निवासी टाउन कमिटी सदस्य अशोक सेञ्चुरीको आत्मा शान्तिको लागि मौन धारण गरियो। सभामा अनुमोदन गरिएको सदस्यहरूलाई महकुमा समिति सभापति सुभाष प्रधान, सचिव प्रणाम रसाईली, सभासद श्याम शेर्पा, महकुमा नारी शक्ति सभापति सबिता कार्की, टाउन कमिटीको सभापति राजु शर्मा, सांगठनिक सचिव महेत्र सेन शर्मा, टाउन कमिटी नारी शक्ति सभापति देवकी प्रधान सुब्बा आदिले खदा लगाएर नियुक्ति पत्र प्रदान गरेका थिए। पदोन्नति हुनेमा उपाध्यक्षहरू सञ्जय मुखिया, रन्जन गजमेर, सन्तोष परी,सह-सचिवद्वय विकास तामङ र रमोद गुरूङ, सांगठनिक सचिव सन्नी तामङ, कोषाध्यक्ष राजेन प्रधान, प्रचार प्रसार सचिवद्वय सञ्जय राउत र रबि तोलाङी, सल्लाहकारहरू शरद प्रधान,भोला रावत, महेन्द्र दर्नाल,सोनाम भोटिया, निपेन तामाङ अनि तीसजनाको कार्यकारिणी सदस्यहरू थिए।यसको साथै वार्ड नम्बर 8 बाट गणेश प्रधान, वार्ड नम्बर 1 बाट बिजय रावत अनि वार्ड नम्बर 2 बाट नबिन बरदेवाले अध्यक्ष अनित थापाको कार्य शैलीलाई मन पराएर पार्टीमा समर्थन जनाएका छन्‌‍। यस पूर्णाङ्ग कमिटीले अब उप्रान्त प्रत्येक वार्डमा सांगठनिक ढांचालाई सुदृढ़ बनाउने निर्णय गरेको छ। महकुमा समितिका नेतृत्वहरूले नव गठित पूर्णाङ्ग कमिटीलाई बधाई साथै शुभेच्छा शुभकामना दिँदै पार्टीको कार्यप्रणाली सही दिशातर्फ लिएर जाने सुझाव दिएको बताइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ