Powerful 7.6 magnitude earthquake hits northeast Japan, thousands displaced

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

Share this news

जापानको उत्तरपूर्वी भागमा सोबार राति आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले कम्तीमा ३० जनालाई घाइते पारेको छ । ठूलो डढेलोझैं हल्लिएको यो कम्पनपछि ठूलो संख्यामा स्थानीय बासिन्दा आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयानुसार राति ११:१५ बजे महसुस गरिएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटदेखि करिब ८० किलोमिटर टाढा समुद्रभित्र, करिब ५० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

कम्पनपछि प्रारम्भिक रूपमा सुनामी चेतावनी जारी गरिएको थियो, जुन पछि हटाइएको छ । तर पनि तटीय क्षेत्रमा करिब ७० सेन्टिमिटर उचाइको लहर देखिएको पुष्टि छ । भूकम्पका कारण केही रेल सेवा रोकिएका छन् भने धेरै क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको रिपोर्टहरू आएका छन् । अधिकारीहरूले आगामी दिनहरूमा थप झट्का आउने सम्भावना भन्दै कम्तीमा एक हप्तासम्म सतर्क रहन परामर्श दिएका छन् ।

प्रधानमन्त्री सनाई तकाइचीले नागरिकलाई तयारी मजबुत बनाउने आग्रह गर्दै भनिन्, “कुनै पनि झट्का महसुस भएमा तुरुन्तै सुरक्षित स्थानतर्फ निस्किन सजग रहनुहोस्।” रोयटर्सका अनुसार करिब ९० हजार मानिसलाई घर छोड्न निर्देशन दिइएको छ ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड