अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

Share this news

सोनादा, (निसं): सोनादा पचेङ समष्टिको अप्पर पचेङ नन्द गाउँमा आईतवार राती आगलागी हुँदा एक घर जलेर खरानी भएको छ। उक्त आगलागीमा दुई तल्ले काठको घर जलेर खरानी बनेको छ। रातीको 12 बजीको समयमा भएको आगलागीमा अप्पर पचेङ नन्द गाउँ निवासी हर्कबहादुर गुरुङ्को घर जलेर नष्ट भएको छ। यस आगलागीमा दुई तल्ले काठको घर सबै जलेर खरानीमा परिणत भएको छ। भाग्यवंश कुनै मानवीय क्षति भएन तर आगलागीमा घर जलेर खरानी बनेपछि घरबाट केही पनि निकाल्न नपाएको स्थानीयहरुले बताएका छन्‌‍। आगलागीमा जीउमा लगाएको लुगाबाहेक केही पनि निकाल्न नपाएको साथै सबै सर सामानहरु र कागज पत्रहरु पनि जलेर नष्ट भएको छ। उक्त आगलागीको घटना सुनेर खरसाङ अग्निशमन केन्द्रबाट दमकल आए पनि घर सबै जलिसकेको बताइएको छ। हर्कबहादुर गुरुङ चियाबारीको अवकाशप्राप्त श्रमिक रहेका छन्‌‍। यस आगलागीको घटना सुनेर लोवर सोनादा ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान रेखा तामाङ, पञ्चायत सदस्य पुरण राई र सोनादा पुलिस आउट पोष्टबाट पुलिसहरु घटनास्थलमा पुगेका छन्‌‍। यस आगलागीको घटनामा अन्य घरहरु आगलागीबाट जोगाउन स्थानीयहरुले धेरै सहयोग गरेको जानकारी प्राप्त भएको छ। यसको साथै सुखे खण्डको संयुक्त खण्ड विकास अधिकारी देवदत्त ब्यानर्जी, क्षेत्रीय सभासद अनोश थापा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरु पनि उपस्थित रहेका थिए। उक्त आगलागीको घटनामा पिढीत परिवारलाई सभासद अनोश थापाले राहत सामग्रीहरु वितरण गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ