सोमवार बाक्लो संख्यामा यातायात रहेकोले जामको स्थिति बन्यो

Share this news

खरसाङ, (निसं): खरसाङ बजार क्षेत्रमा यातायात जामको समस्याबाट चालक, यात्री र जनसाधरणले राहत पाएका छैनन्‌‍। खरसाङ बजारमा यायातात जाम हुने समस्या वर्तमानसम्म यथावत रहेको छ। सोमवार खरसाङ भएर धेरै गाड़ीहरू चल्यो, बाक्लो यान-वाहनको चलाचल बीच जामको समस्या पनि सृजना भयो। तथापि सोमवार सिक्किमका गाड़ीहरू भने खरसाङ भएर अघिको जस्तो चलेको देखिएन। सोमवार सिलगढ़ी अनि संलग्न स्थानहरूबाट धेरै मानिस खरसाङ अनि संलग्न स्थानहरूमा घुम्न आएका थिए। दिन घमाइलो भएकोले मानिसहरू आ-आफ्नो कामको निम्ति सिलगढ़ी पनि झरेका थिए भने सिलगढ़ी अनि संलग्न स्थानका मानिसहरू पनि मौसम सुखा रहेको औसर पारेर आफ्नो आवश्यक काम बनाउन अनि घुम्नको निम्ति खरसाङ अनि पहाड़का विभिन्न स्थानको निम्ति आएका थिए। सोमवारको जाममा परेका सिलगढ़ीका एक दम्पतीलाई यस बारेमा प्रश्न गर्दा तिनीहरूले आफूहरू खरसाङ घुम्न आएको बताउदै सन्त मेरिज घुमेर घर फर्किरहेको बताए। तिनीहरूले भने, आज सिलगढ़ी औधि गर्मी छ, यसैले खरसाङ घुम्न आएका हौँ। तिनीहरूले खरसाङ्को हनुमान डाँड़ा, डाउहिल घुमेपछि सन्त मेरिज घुमेर घर फर्किएको बताए। यी दम्पतीले आफूहरूलाई सन्त मेरिजदेखि खरसाङ बजार पार गर्नको निम्ति लगभग 40 मिनट लागेको बताए। घैयाबारीबाट विद्यार्थीहरू लिएर प्रत्येत दिन आउने एक चालकले पनि विद्यालय छुट्टी भएपछि आईएनए बस टर्मिनशबाट खरसाङ मुख्य डाकघर आइपुग्न 25 मिनट जति समय लागेको बताए। तिनले आज धेरै लामो जाम नभए पनि जाम लाग्दै खुल्दै गरेको छ भनी बताए। लामो समयसम्म गाड़ी जाम हुन नदिनको निम्ति खरसाङ ट्राफिक पुलिसका अधिकारी, जवान अनि सिभिक भोलिन्टियरहरूले सक्रिय रहेर कार्य गरिरहेका थिए। स्मरण गराइन्छ, खरसाङ बजार भएर गाड़ी चलाचल अधिक भएको खण्डमा दार्जीलिङबाट सिलगढ़ी जाने गाड़ीहरूलाई अनिवार्य रुपमा कप्तान सुरज शर्मा पथ भएर पंखाबारी रोडबाट पठाइन्छ। वर्तमानमा यो सड़कको भत्किएको कलभर्ट निर्माणको कार्य चलिरहेकोले सड़क बन्द रहेको छ। यो सड़क भएर खरसाङ्को कतिपय सेण्डिकेटका गाड़ीहरू पनि चल्ने गर्थे, यो सड़क बन्द भएकोले वर्तमानमा सबै गाड़ी खरसाङ बजारको राष्ट्रिय राजमार्ग 110 भएर चलिरहेको छ। यसो हुँदा खरसाङ बजारको राष्ट्रिय राजमार्ग 110 अनि वर्द्धवान रोडमा यातायातको चाँप औधी बढ़ेको छ। कप्तान सुरज शर्मा पथ (बाईपास रोड) खोलिएपछि गाड़ी जामको समस्यामा केही राहत मिल्ने देखिएको छ।


Share this news
आजको रोजाइ
सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

राज्यस्तरीय चासोक तोङ्गनाम पर्व सरम्सा उद्यानमा आयोजित

राज्यस्तरीय चासोक तोङ्गनाम पर्व सरम्सा उद्यानमा आयोजित

सुन्तलामा किरा लाग्ने रोगले कृषकहरू हैरान

सुन्तलामा किरा लाग्ने रोगले कृषकहरू हैरान

वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा

वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा

स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ

स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा

मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंक

मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंक

गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा

गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा

दार्जीलिङ जिल्लाले उत्कृष्ट ब्याटमिन्टन खेलाड़ीहरू जन्माइरहेकोमा सांसद राजु विष्टले प्रगरे प्रशंसा

दार्जीलिङ जिल्लाले उत्कृष्ट ब्याटमिन्टन खेलाड़ीहरू जन्माइरहेकोमा सांसद राजु विष्टले प्रगरे प्रशंसा

बजार अनि पहाड़ र समतल जोड़ने सड़कहरूमा लगाइएका होडिङ र साइनबोर्डले क्षेत्रको सुन्दरतामा कमी ल्याउने काम गरेकोछ

बजार अनि पहाड़ र समतल जोड़ने सड़कहरूमा लगाइएका होडिङ र साइनबोर्डले क्षेत्रको सुन्दरतामा कमी ल्याउने काम गरेकोछ

आजको रोजाइ