मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंक

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः चिम्नी-देवरालीको जंगल क्षेत्रको मुनिको भागमा अवस्थित मजुवा बस्तीमा गत केहि समयदेखि चितुवा को आतंकको खबर प्रकाशमा आएको छ। हुन्‌‍ त उक्त क्षेत्र जंगल क्षेत्रसित संग्लग्न रहेकोले वा जंगलले घेरिएकोले वर्ष भर नै चितुवा अनि अन्य वन्य जीव-जन्तु गाउँ-घरमा भित्रिने गर्छ। यद्यपि धेरै समयपछि एकपल्ट पुन: उक्त क्षेत्रमा चितुवाले स्थानीय एकजना कृषकको खोरबाट एउटा सुँगुरको बच्चा लगेको जानकारी पाइएको छ।

विगत केही वर्ष अघि झैं वर्तमानमा त्यस्तो गम्भीर स्थित नरहे तापनि चितुवाको आतंक वा अन्य जीव जन्तुहरूको उपस्थिति प्रायः नै क्षेत्रमा देखिने गरिन्छ। विगतको वर्षहरूमा चितुवाले गाउँबाट विभिन्न पाल्तु जीव-जन्तु कुकुर, खसी, बाख्रा, कुखुरा, सुँगुर आदि लाने गर्थ्यो, यो क्रम विगतमा केही थामिएको भए तापनि गत केहि महिना पछि पुन: चितुवाले स्थानीय मजुवा निवासी रमेश पाख्रिनको सुँगुरको खोरबाट एउटा बच्चा सुँगुर लिएर गएको छ।

यस भन्दा अघि मजुवा क्षेत्रको अन्य ठाउँबाट चितुवाले कुकुर लागिएको जानकारी उक्त क्षेत्रको समाजका वरिष्ठ प्रतिनिधि रूद्र तामाङले दिएको हुन्‌‍। तिनले बताए अनुसार, जंगली जीव जन्तुले केवल पशु-प्राणीलाई मात्र नोक्सान गर्दैनन्‌‍ तर उक्त क्षेत्र एउटा कृषि क्षेत्र रहेकोले विगतको वर्षहरूमा कृषि उत्पादनहरू पनि धेरै नष्ट गरेको थियो। अर्थात्‌‍ विगत वर्षहरू झैं आतंकको स्थिति वर्तमानमा नरहे पनि समय-समय चितुवाले वा अन्य जीव जन्तुले क्षेत्रमा समस्या सृजना गरिरहेको छ।

अर्को तर्फ, खरसाङ वन विभागका खरसाङ रेञ्ज अधिकारी मनोज कुमार छेत्री यस विषयमा प्रश्न गर्दा मजुवा क्षेत्रबाट चितुवाले सुँगुर लगेको घटनाको कुनै जानकारी अहिले तिनीसित नरहेको भए तापनि यस विषयमा जानकारी लिनेछौँ भनी तिनले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ