Kolkata fans angry after failing to see Messi in person
Kolkata fans angry after failing to see Messi in person

मेसीलाई प्रत्यक्ष देख्न नपाएपछि कोलकत्तामा समर्थक असन्तुष्ट

Share this news

फुटबल सुपरस्टार लियोनल मेसीलाई हेर्न कोलकत्तामा भेला भएका समर्थकहरू उनलाई देख्न नपाएपछि आक्रोशित भएका छन्। रंगशालामा उपस्थित भीडले बोतल प्रहार गर्दै असन्तोष व्यक्त गरेको थियो। मेसी आउने घोषणापछि उनलाई प्रत्यक्ष हेर्ने उद्देश्यले ठूलो संख्यामा समर्थकले टिकट खरिद गरेका थिए। तर, टिकट लिएका दर्शकहरूले घण्टौँ कुर्दा पनि मेसीलाई देख्न नपाएको प्रतिक्रिया ‘टाइम्स अफ इन्डिया’सँग दिएका छन्।

‘न हामीले उनलाई प्रत्यक्ष देख्यौँ, न त टेलिभिजन स्क्रिनमै,’ टाइम्स अफ इन्डियाले समर्थकहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

Kolkata fans angry after failing to see Messi

घटनापछि प्रमुख आयोजक सताद्रु दत्तालाई पक्राउ गरिएको पश्चिम बंगाल प्रहरीका महानिरीक्षक राजीब कुमारले जानकारी दिएका छन्। उनका अनुसार खराब व्यवस्थापन दोहोरिन नदिन कारबाही प्रक्रिया अघि बढाइएको हो।

यस घटनामा देखिएको अव्यवस्थाप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख व्यक्त गर्दै मेसीसँग माफी मागेकी छन्। ‘आज साल्ट लेक रंगशालामा देखिएको खराब व्यवस्थापनले मलाई पीडा दिएको छ,’ उनले भनेकी छन्। उनले टिकट काटेर पनि मेसीलाई भेट्न नपाएका समर्थकहरूसँगै मेसीसँग पनि क्षमायाचना गरेकी छन्।

मेसी हाल तीन दिने भारत भ्रमणमा छन्। हैदरावाद र मुम्बईको भ्रमणपछि उनी सोमबार दिल्ली पुगेर आफ्नो यात्रा सम्पन्न गर्ने कार्यक्रम रहेको छ। यस भ्रमणमा लुईज सुआरेज र रोड्रिगो डि पाउल पनि मेसीसँगै छन्। यसअघि शनिबार मेसीले कोलकत्तामा २१ मिटर अग्लो आफ्नै सालिकको अनावरण गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ