सुन्तलामा किरा लाग्ने रोगले कृषकहरू हैरान

Share this news

खरसाङ, (सुवास छेत्री): दार्जीलिङ पहाड़मा चियासँगै अर्को प्रख्यात मानिने खेती हो सुन्तला। दार्जीलिङ पहाडको अम्बटे चियाबारी, मिरिकका विभिन्न क्षेत्रहरू, सिटोङ लगायत दार्जीलिङका केही स्थानहरू आज पनि सुन्तलाको निम्ति प्रख्यात मानिन्छ। तर आजभोलि यी क्षेत्रहरूमा पनि सुन्तला खेतीमा निक्कै ह्रास आएको छ। विशेषगरी सुन्तलामा लाग्ने एक प्रकारको रोगले सुन्तलाको बोटलाई नै टुप्पोबाटै मारिदिने गरेकोले कृषकहरू हैरान छन्‌‍।

सुन्तलाको बोटमा यसरी किरा लाग्ने तथा टुप्पोबाटै सुक्ने रोग लागेपछि अचेल सुन्तला उत्पादनमा निक्कै कमी आएको छ भने यता सुन्तलाको भाव पनि बजारमा निक्कै बढ़ेको छ, तर यता कृषकहरूलाई भने निक्कै नोक्सानमा पारेको कृषकहरूलाई बताउँछन्‌‍। तिनीहरू अनुसार यस रोगलाई रोकथाम गर्ने चेष्टा पनि नगरेका होइनन्‌‍, तर रोगको सटीक उपचार गर्न नसकिएपछि सुन्तलाको खेती गर्न नै छोड़िदिएको बताएका छन्‌‍।

मिरिको सौरेनी बस्ती लगायत संलग्न क्षेत्रमा पनि सुन्तला खेतीमा निक्कै कमी आएको देखिएको छ। मिरिक अनि अम्बटेको सुन्तला धेरै स्वादिष्ठ हुन्छन्‌‍ तर आजभोलि यी क्षेत्रहरूमा पनि सुन्तलाको उत्पादनमा कमी आएपछि चिन्ता व्यक्त गर्छन्‌‍ क्षेत्रका मानिसहरू। यी रोगहरूको स्थायी उपचार गरेर पुनः सुन्तला खेतीलाई फ्रस्टाउने सल्लाह दिन्छन्‌‍ उनीहरू।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ