सञ्जा मेमोरियल स्कूलमा बलिदान दिवस पालन

Share this news

खरसाङ, 25 अगस्त (निसं)ः सञ्जा मेमोरियल स्कूलमा 82 औँ बलिदान दिवस पालन गरिएको छ। अम्बर राईको अध्यक्षमा सम्पन्न बलिदान दिवस स्कूलको अध्ययन कक्षामा पालन गरिएको थियो। कार्यक्रममा शिक्षक दिनेश राईले विद्यार्थीहरूलाई शहीद मेजर दुर्गा मल्लको जीवनी बारे विस्तृत रुपमा जानकारी गराए। कार्यक्रम अध्यक्ष अनि शिक्षक-शिक्षइकाहरूको बाहुलीबाट शहीद मेजर दुर्गा मल्लको तस्वीरमा धुप-दीप प्रज्जवलन अनि माल्यार्पण गरेर आरम्भ गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले राष्ट्रिय गान गाएर शहीद दुर्गा मल्ल अमर रहोस्‌‍को नारा लगाएका थिए। कार्यक्रममा विद्यार्थीहरूले शहीद दुर्गा मल्ललाई सलामी पनि दिएका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन सिद्वार्थ तामाङले गरेका थिए भनी जानकारी दिइएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान