स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

Share this news

दार्जीलिङ, 3 दिसम्बर (निसं): मंगलबार बिहान दार्जीलिङ थाना अन्तर्गत पर्ने स्टेनथल (पादरी कमान) चिया बगानमा रहेको एकजना भूतपूर्व भारतीय सैनिकको घरमा आगो लाग्दा उनकी पत्नीको मृत्यु भयो भने उनीलगायत परिवारका अरू सदस्यहरू भाग्यले बाँचे। गाउँलेहरूले घरमा जमा गरेर राखेको पानीले आगो निभाउन सकेजति प्रयास गरे पनि भूपू सैनिककी पत्नीलाई बचाउन सकेनन् ।
आगोलागीमा घरभित्र रहेका सबै दस्तावेजहरू पनि घरसितै जलेर खरानी बन्यो। घरबाट आगो लागेको समय केही पनि सरसामानहरू निकाल्न नपाएको पीड़ित पक्षको भनाइ छ।
दार्जीलिङ सदर थाना सूत्रले दिएको जानकारी अनुसार, आगोलागी घटना मंगलवार बिहान करीब ३ बजी घटेको हो। घटनापछि भूतपूर्व सैनिककी पत्नी रूपमणि राई (उमेर ७० वर्ष माथि) – पूर्ण रूपमा जलेको अवस्थामा फेला परिन् र घटना स्थलमा नै उनको देहान्त भयो। भूपू सैनिक महावीर राई देब्रे काँधमा सामान्य जलेको अवस्थामा झ्यालबाट भाग्न सफल भए र उनका छोरा आदेश राईको ढाड़ पनि सामान्य जलेको छ।
घटनाको विवरण अनुसार, राई दम्पती एउटा कोठामा सुतिरहेका थिए र छोरा अर्को कोठामा। आगो सर्ट सर्किट वा सुत्नुअघि सामान्यतया बाल्ने दियोबाट लागेको हुनसक्ने अनुमान लगाइएको छ। यद्यपि, आगो लाग्नुको सही कारण अझै पुष्टि भएको छैन। घटनाको जानकारी पाउनसाथ पुलिस र दमकल टोली तुरुन्तै घटनास्थलमा पुगे तर रूपमणि राईलाई भने बचाउन सकेनन्। दमकल टोलीले आगो निभाएर जलेको रूपमणिको शव उद्धार गरे। घाइतेहरूलाई दार्जीलिङ जिल्ला अस्पतालमा लगेर भर्ना गरिएको पुलिस सूत्रले जनाएको छ।
घटनाबारे छिमेकी विरेन लामाले भने, बिहान २ बजीतिर आगो लागेको थाहा पायौँ। उठेर हेर्दा काठको घर जलिसकेको थियो। जुन घर १९८५/१९८६ तिर बनाइएको थियो। घर काठको भएको कारण छिटो आगो लागिहाल्यो। केही निकाल्न सकिएन। घरमा भूपू सैनिक र उनका पत्नी दुवै विरामी अवस्थामा थिए। आगो लाग्दा भूपू सैनिककी पत्नीलाई निकाल्न सकिएन। छोरा, बुहारी, नानी अर्को कोठामा थिए। उनीहरूको नानी आठौं श्रेणीका विद्यार्थी हुन्। जिउमा लगाएको लुगाबाहेक नानीको पनि खाता-किताब केही निकाल्न सकिएन।
आगो लागेकोबारे दमकल विभागलाई फोन गरेर जानकारी दिएपछि उनीहरू आए तापनि बाटो सानो भएको कारण घटनास्थलसम्म पुग्न नसकेको बताउँदै उनले भने, यदि गाउँसम्म दमकलको गाड़ी आउन सक्ने बाटो भए राम्रो हुनेछ। यसको साथै पानीको हाइड्रेन पनि गाउँमा जड़ान गरिनु आवश्यक छ। उनले भने, घरमा सबैले पानी जमा गरेर राखेका थियौं र त्यही पानीले आगो निभाउने प्रयास गर्यो। यदि जमा गरेको पानी नभएको भए आगो निभा साह्रो पर्ने थियो भन्दै लगभग २ घण्टाको अवधिमा आगोलाई नियन्त्रमा ल्याइ उनले बताए। यता पीड़ित भूपू सैनिक महाबीर राईले पनि आगो लागेको स घरबाट केही निकाल्न नपाएको बताए।
आफू भूपू सैनिक भए तापनि पेन्श पैसाले खान नै ठिक्क हुने अनि यस्तो स्थितिमा सरकारबाट सहयोग पाए हुने बताउँदै उनले भने, सबै जलेर खरानी भएको कारण कोरा पनि आ घरमा बस्नुपर्ने स्थिति रहेको र आफूहरू पनि अरूकै घरमा आश्रय लि अवस्थामा रहेको बताए। घटनापछि संयुक्त खण्ड विकास अधिकारी पञ्चायत प्रधानले पनि घटना स्थलमा आएर निरीक्षण गरेको र सहयो आश्वासन दिएको उनले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ