भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

Share this news

प्रधानमन्त्री कृषि सिंचाइ योजना २.০ अन्तर्गतको वाटरशेड विकास अवयव कार्यक्रमअन्तर्गत वाटरशेड महोत्सवको दोस्रो दिन बेघा ग्राम प्रशासन एकाइमा भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रम वन तथा वातावरण विभागअन्तर्गत सामाजिक वन शाखा गेजिङद्वारा आयोजना गरिएको थियो।

कार्यक्रमको सुरुआत परम्परागत स्वागतसँगै प्रमुख अतिथि तथा अन्य सम्मानित व्यक्तिहरूलाई खादा अर्पण गर्दै गरिएको थियो। कार्यक्रममा जिल्ला पञ्चायत सदस्य दिनेश कुमार गुरुङ, मानेबुङ–देन्तामका विशेष कार्यकक्ष अधिकृत दिवस राई, गरीब जनकल्याण प्रकोष्ठका संयोजक देवकर खतिवडा तथा बेघा ग्राम प्रशासन एकाइका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

सामाजिक वन शाखा गेजिङका डिभिजनल वन अधिकृत अरुणकुमार गुरुङले स्वागत मन्तव्य राख्दै वाटरशेड संरक्षण, माटो कटान नियन्त्रण तथा वन संरक्षण जस्ता महत्वपूर्ण विषयमा आधारित प्रतियोगिता आयोजना गरिनुको उद्देश्यबारे जानकारी प्रदान गरे। प्रमुख अतिथिले समेत आफ्नो सम्बोधनमा माटो तथा वन संरक्षणप्रति समुदायको जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागीहरूको कलात्मक प्रयासको प्रशंसा गरे। साथै, उनले बेघा क्षेत्रमा सडक सौन्दर्यीकरणका लागि सामुदायिक सहकार्य आवश्यक रहेकोमा जोड दिए।

औपचारिक कार्यक्रममा समाप्तिपछि भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता प्रारम्भ गरियो। कुल २२ जनाको सहभागितामध्ये ६ जनाले बेघा खोलातर्फको सडक पर्खालमा भित्ते–चित्र बनाए भने १६ जनाले चार्ट कागजमा चित्रकला प्रस्तुत गरे। वातावरणीय संरक्षण र जिम्मेवारीका विषयमा सहभागीहरूले प्रस्तुत गरेका आकर्षक कलाकृतिहरू निर्णायक तथा आयोजकहरूद्वारा अत्यन्तै सराहनीय मानिएको थियो।

कार्यक्रमको अन्त्यमा सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताका विजेताहरू यसप्रकार छन् जस्मा पहिलो स्थान अशोक राई, दोस्रो होमबहादुर गुरुङ, तेस्रो प्रयमित लेप्चा बनेका थिए।

कार्यक्रममा सहायक वन संरक्षण अधिकृत शान्ता सुब्बा र सामाजिक वन शाखाका ब्लक अधिकृत तारा हाङ लिम्बूको समेतको उपस्थिति रहेको थियो।

यसरी सफलतापूर्वक सम्पन्न दोस्रो दिनको कार्यक्रमले समुदायमा वातावरणीय सरोकारबारे जनचेतना वृद्धि गर्दै विभागको दिगो विकास तथा संरक्षणप्रतिको प्रतिवद्धतालाई पुन सुदृढ बनाएको अधिकारीहरूले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ