gok-high-school-organize-sports
gok-high-school-organize-sports

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

Share this news

गोक, 3 दिसम्बर(निसं):अहिले विद्यार्थीहरुको शारीरिक शिक्षा अनि खेल सम्बन्धि खेलकुद कार्यक्रम आयोजन नभएको धेरै वर्ष भयो। यही कुरालाई ध्यानमा राख्दै यहाँको गोक उच्च विद्यालयले आगमी 19 दिसम्बरको दिन वरिपरिका प्राथमिक पाठशाला, एस एस के, एमएसके विद्यालयहरुका विद्यार्थी हरुलाई लिएर खेलकुद कार्यक्रम आयोजन गर्ने भएकोछ।

यस खेलकुद कार्यक्रममा जम्मा 13 वटा खेलहरु राखिएको विद्यालयका प्रधानाध्यापक नरेश योञ्जनले जानकारी दिए। यस 13 वटा खेलहरूमा पहिलो श्रेणी देखि तेस्रो श्रेणीका केटा केटी  विद्यार्थीहरुको निम्ति स्पुन रेस,स्याक रेस अनि 100 मिटरको दौड प्रतियोगिता राखिएको उनले बताए। यसरी नै चौथो श्रेणी देखि छैटौं श्रेणीका केटा केटी विद्यार्थीहरुको निम्ति थ्री लेग रेस,मेन्टल म्याथ रेस अनि 200 मिटर दौड प्रतियोगिता राखिएको छ भने सातौं श्रेणी देखि आठौं श्रेणीका केटा केटी विद्यार्थीहरुको निम्ति लङ जम्प, हाई जम्प र 400 मिटरको दौड प्रतियोगिता राखिएको छ।

यसै गरि नवौँ देखि दशौं विद्यार्थीहरुको निम्ति  4 किलोमिटर म्याराथन, सटपुट,हाई जम्प,लङ जम्प इत्यादि खेलहरु सम्पन्न गरिने सह शिक्षक सनित लामाले जानकारी दिए। यस खेलकुद कार्यक्रमले विद्यार्थीहरुमा खेलकुद प्रति प्रोत्साहन अनि जागरुक गराउने पनि लामाले बताए। धेरै वर्ष देखि खेलकुद हरुको आयोजन नभएर विद्यार्थीहरुमा विविध खेलहरु विषय ज्ञान हराउँदै गइरहेको प्रधान शिक्षक नरेश योञ्जनले अवगत गराए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ