नेसास-द्वारा भाषा मान्यता दिवसमा युवा पुरस्कार प्रदान 

Share this news

दार्जीलिङ,28 जुलाई(निसं): नेपाली साहित्य सम्मेलन, दार्जीलिङले आगामी 20 अगस्तको दिन सम्मेलनको सूधपा सभागृहमा वर्तमान अध्यक्ष डा. चन्द्रकुमार राईको अध्यक्षता एवं वरिष्ठ समाजसेवक तथा धीरधाम ट्रष्टिबोर्डका वर्तमान अध्यक्ष केशरकुमार लिम्बुका प्रमुख आतिथ्यमा गत वर्षहरूमाझैं भव्य रूपमा आयोजन गर्ने निश्चित् भएको छ भनी नेपाली साहित्य सम्मेलनले जानकारी गराएको छ। सम्मेलनको जानकारी अनुसार, नेपाली साहित्य सम्मेलन(नेसास) दार्जीलिङले नेपाली भाषा दिवस आगामी 20 अगस्तको दिन एक कार्यक्रमको अवसरमा प्रतिवर्ष प्रदान गरिने कविवर प्रेम शेर्पा ‘बिरोकी’ स्मृति युवा पुरस्कार पनि प्रदान गरिने छ। यसको निम्ति सम्पूर्ण साहित्यिक संघ-संस्थाहरूलाई यसै विज्ञप्ति मार्फत सूचित गराउदै निम्नलिखित नियमावली अन्तर्गत युवा कविहरूको नाम, प्रतिकृति वा फोटो, ठेगाना, फोन नम्बर, आधार कार्डको फोटोकपी(जेरक्स) र तीनप्रति कविता कृति आगामी 11 अगस्तभित्रमा प्राप्त हुने गरी नेपाली साहित्य सम्मेलनको ठेगानामा पठाउनु पर्नेछ भनी नेसास अध्यक्ष सचिव, नेपाली साहित्य सम्मेलनल निवेदन गरेको छ। जसमा, कृति तथा रचना राजनैतिक, व्यक्तिगत एवं धार्मिक आक्षेप हुनुहुदैन।  मौलिक कृति तथा रचनालाई प्राथमिकता दिइनेछ‌ ।कवि-कवयित्रीको उमेर 35 वर्षभित्रको हुनु पर्नेछ। पुरस्कारको चयन चयन समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । तोकिएको मिति वितेर प्राप्त भएको आवेदन साथै बुझाउनु पर्ने आवश्यक विवरण अपूर्ण भएमा मान्यता दिइने छैन। चयन समितिद्वारा पुरस्कारको निम्ति चयनित् कवि वा कवयित्रीको परिचयात्मक विवरण दैनिक पत्रिकाहरूमा प्रकाशित गरिनेछ। पुरस्कृत् व्यक्तित्वलाई शिरशोभा, अङ्गवस्त्र, सम्मान-पत्र, स्मृति चिन्ह र नगद राशि प्रदान गरिने छ भनी सम्मेलनले बताएको छ। सम्मेलनको जानकारी अनुसार, भाषा मान्यता दिवसको यस अवसरमा गत वर्षहरूमाझैं एकजना भाषा-संग्रमी व्यक्तित्वलाई सम्मान-संवर्द्धना गरिने निश्चय भएको छ। यसवर्ष,  मरणोपरान्त भाषा-संग्रामी रतन मोथेलाई प्रदान गरिनेछ । यस समारोहमा उपस्थितिको निम्ति सम्मेलनका सदस्य, असदस्य, सामाजिक, धार्मिक, राजनैतिक विभिन्न संघ-संस्थाहरूका महानुभाव तथा शुभचिन्तकवर्ग उपस्थित भएर समारोहलाई शोभायमान तुल्याई दिनहुन नम्र निवेदन गरेको सम्मेलनद्वारा जनाइएको छ ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न