नगरपालिका चुनाउ सन्दर्भमा गरिएको आरटीआईको जवाफ नआएकोमा दुःख व्यक्त

Share this news

खरसाङ,3 जुलाई(सुवास छेत्री): नगरपालिका चुनाउ आजसम्म नभएको सन्दर्भमा प्रधानमन्त्रीलाई पत्रचार गरेको तथा आरटीआई समेत गरिएको भए तापनि आजसम्म त्यसको कुनै जवाफ नआएकोमा भाजपा कार्यकर्ता तथा खरसाङ निवासी राजेश गजमेरले दुःख व्यक्त गरेका छन्। तिनले दार्जीलिङ पहाडको तीनवटा नगरपालिका क्रमैले खरसाङ, मिरिक अनि कालेबुङमा आजसम्म नगरपालिका चुनाउ नभएकोले नगरवासीले धेरै दुःख पाइरहेको औ विभिन्न समस्याहरूको सामना गर्न परिरहेको जनाउँदै तर यसलाई लिएर आजसम्म कोही पनि जनप्रतिनिधिहरू गम्भीर नरहेको आरोप लगाएका छन्। गजमेरले हिजोसम्म नगरपालिकाको चुनाउलाई लिएर गम्भीर नहुनेहरू आज आएर चुनाउको निम्ति निक्कै चासो लिन थालेको जनाउँदै तर जनताले अब साँचो र सत्य अनि इमान्दार व्यक्तिलाई मात्र चुनेर पठाउनुपर्ने बताएका छन्। गजमेरले आफूले प्रधानमन्त्रीलाई पत्रचार गरेको प्रायः पन्ध्र दिनपछि विस्तारै विभिन्न राजनीति दल तथा नेताहरूको हलचल शुरू भएको बताउँदै तर यसभन्दा अघि ती सबै राजनीतिक दल अनि नेताहरू किन मौन थिए? भनी प्रश्‍न गरेका छन्। तिनले पहाडका तीनवटा नगरपालिकामा यथाशीघ्र चुनाउ हुनुपर्छ भन्ने माग गर्दै देशका प्रधानमन्त्री, राष्ट्रपति, केन्द्रिय चुनाउ आयोग लगायत सम्बन्धित सबैसँग गुहार लगाइसकेको बताउँदै तर यसबारे यहाँका कोही पनि जनप्रतिनिधिहरूले चासो र रूचि नदेखाएकोमा खेद प्रकट पनि गरेका छन्। तिनले नगरवासीहरूलाई आग्रह गर्दै चुनाउको मुखमा आएर नेता अनि पार्टी तथा व्यक्ति विशेषले विभिन्न प्रलोभनमा देखाउँछन् ती सबैपट्टि नलागेर सही नेतृत्वलाई छानेर आगामी नगरपालिका सञ्चालनको निम्ति चुनेर पठाउनुपर्छ। गजमेरले पुनः एकपटक सम्बन्धित सबैसँग नगरपालिका चुनाउ गराउन ठोस पाइला चाल्ने आग्रह गर्दै यस सम्बन्धमा उनीद्वारा पठाइएको आरटीआइको शीघ्र जवाफको माग पनि गरेका छन्।


Share this news
आजको रोजाइ
लङभ्यूमाथि श्रमिक भवनमा हिप्लाइयुको डेपुटेशन

लङभ्यूमाथि श्रमिक भवनमा हिप्लाइयुको डेपुटेशन

विद्युत आपूर्ति अनियमितताबारे स्टेशन प्रबन्धकलाई ज्ञापन-पत्र

विद्युत आपूर्ति अनियमितताबारे स्टेशन प्रबन्धकलाई ज्ञापन-पत्र

सचेत युवा समुहद्वारा जगदीश शर्मा विरुद्ध प्राथामिकी दर्ता

सचेत युवा समुहद्वारा जगदीश शर्मा विरुद्ध प्राथामिकी दर्ता

सभासद छेत्रीद्वारा फ्रण्टलाइन वर्कस-हरुलाई आवस्यक सरसमाग्री प्रदान

सभासद छेत्रीद्वारा फ्रण्टलाइन वर्कस-हरुलाई आवस्यक सरसमाग्री प्रदान

दार्जीलिङकी दक्षता गुरूङ भोटिङ्ग राउन्डमा

दार्जीलिङकी दक्षता गुरूङ भोटिङ्ग राउन्डमा

घर निर्माणको लागि रहल रकम भुक्तान गरिने

घर निर्माणको लागि रहल रकम भुक्तान गरिने

विमारी गाईलाई सुरक्षित स्थानमा राखियो

विमारी गाईलाई सुरक्षित स्थानमा राखियो

विभिन्न कौशल विकास तालिमहरुको सञ्चालन

विभिन्न कौशल विकास तालिमहरुको सञ्चालन

पादरी गङ्गा प्रसाद प्रधानलाई श्रद्धाञ्जली

पादरी गङ्गा प्रसाद प्रधानलाई श्रद्धाञ्जली

शिश महल पछिल्तिर थुप्रिएको प्लास्टिक अनि फोहोर एक समस्या

शिश महल पछिल्तिर थुप्रिएको प्लास्टिक अनि फोहोर एक समस्या