खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

Share this news

खरसाङ,  (निसं)ः खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव लिभिङ द कल्चर समूहको आयोजनामा आरम्भ भएको छ। खरसाङ्मा यो महोत्सव डाउहिलको फरेस्ट ट्रेनिङ सेन्टरको अडिटोरियममा शुक्रवारदेखि आरम्भ भएको छ, यो महोत्सव आगामी 7 दिसम्बरसम्म चल्नेछ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पाको बाहुलीबाट यस महोत्सवको उद्घाटन शुक्रवार गरियो। यस अवसरमा खरसाङ वन विभागका रेञ्जर मनोज छेत्री, ललित छेत्री, खरसाङ पर्यटन एवं सरक्षण संगठनका अध्यक्ष राजु गुरुङ, चलचित्र निर्माणमा उत्साहित व्यक्तिहरू, विभिन्न विद्यालका विद्यर्थी, शिक्षक-शिक्षिकाहरूको उपस्थिति रहेको थियो। महोत्सवको प्रथम दिन पर्यावरण सम्बन्धी चलचित्रहरूको प्रदर्शनी गरिएको थियो। विश्वका विभिन्न शहर, भारतको विभिन्न शहरहरू संगसंगै खरसाङ्मा प्रथम पल्ट आयोजना भएको यस अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सवको बारेमा बताउदै सभासद श्याम शेर्पाले भने, वर्तमानमा खरसाङ लगायत अन्य स्थानहरूमा पर्यावरण सम्बन्धमा चिन्ता बढ़ेको छ। यस्तो समयमा खरसाङ्मा पर्यावरण सम्बन्धमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना हुनु एउटा महत्वको विषय हो र यो आवश्यक पनि हो। यसले पर्यावरण संरक्षणमा बल अवश्यै मिल्छ, यस महोत्सवले मानिसहरूमा पर्यावरण सम्बन्धमा जागरुकता बढ़्‌‍छ। युवा पिँढ़ीमा पर्यावरण सम्बन्धमा रुचि बढ़्‌‍नेछ, युवाहरूलाई पर्यावरण संरक्षणमा अघि आउने अवसर र जाँगर प्राप्त हुनेछ। आयोजक समूह लिभिङ द कल्चरका प्रमुख मिङ्मा लेप्चाले यस महोत्सवको बारेमा बताउदै भने, अन्तर्राष्ट्रिय पर्यवरणीय चलचित्र महोत्सव विश्वको विभिन्न देशका शहरहरू अनि भारतको विभिन्न शहरहरूमा भइरहेको छ। ती महोत्सवहरूमा यहाँबाट गएर सहभागी बन्न यहाँकाहरू सक्दैनन्‌‍। यसैले यो चलचित्र महोत्सवलाई विकेन्द्रीकरण गरिएको छ, यसैको लाभ उठाउदै हामीले पनि खरसाङ्मा यो चलचित्र महोत्सव आयोजना गर्नलाई अथक प्रयास गरेर, यसरी आयोजना गरिएको हो। यस चलचित्र महोत्सवमा विश्वका नामी फ्लिमहरूलाई प्रदर्शन गरिनेछ, यसको अतिरिक्त कतिपय स्थानीय फ्लिमहरू पनि यो महोत्सवमा प्रदर्शन गरिनेछ। यसरी हामीले हाम्रो यो सानो जग्गामा अन्तर्राष्ट्रिय फ्लिम फेस्टिभलको आयोजना गरिरहेका छौँ। यसमा सबैको सहभागिताको आपेक्षा राखेका छौँ। तिनले आगामी 7 दिसम्बरको दिन स्थानीय चलचित्रहरू प्रदर्शन गरिने र चलचित्र निर्माण र यसका कतिपय तक्निकी विषयमा महोत्सवमा उपस्थित रहेका विज्ञहरूमाझ चर्चा गरिने पनि जनाए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ